×

 

वीरगन्ज २४ माघ । वीरगंजबाट प्रकासित पर्दाफास दैनिक पत्रिकाको नवौं वार्षिकोत्सव आज सम्पन्न भएको छ । पत्रिकाको वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका सदस्य गोबिन्द प्रसाद चौलागाईले गाउँ गाउँमा पुगि सकेको सिंह दरबारको अधिकार जनताले प्राप्प गरेको छ कि छैन् भने बिषयमा पत्रिकाले खबरदारी गर्नु पर्ने वताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी चौलागाईले अहिलेको डिजिटल प्रविधिको जबानामा पत्रिकाको चुनौतिहरु थपिदै गएको अवस्थामा पत्रिकाहरुले त्यस अनुसार पनि परिवर्तन हुन जरुरी रहेको धारणा राखे । उनले डिजिटल मिडियाहरुले छिन छिनमा समाचार दिने अवस्थमा पत्रिकाको छुट्टै आफ्नो गरिमा रहेकोले त्यसलाई बचाई राख्न जरुरी रहेको वताए ।

उनले भने “पत्रिका निकाल्न समस्या छ, यो कुरा देशभरीबाट नै आइरहेको छ यसको लागि पनि स्थानिय तहहरुले नै सहयोग गरिदिनु पर्छ ।”

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत रहेका चौलागाईले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्नु पर्छ वताउदै त्यसको लागि पत्रकार अचारसंहिता पालना गर्नु पर्ने वताए ।

पत्रिकाका प्रकाशक तथा प्रबन्ध निर्देशक राघव साहको अध्यक्षतामा भएको समारोहमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, संविधान सभा सदस्य जयप्रकाश थारु, नेपका पर्साका अध्यक्ष प्रभु हाजरा, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत, अधिवक्ता प्रमोद साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य वृजलाल पासवान, संघिय प्रेसका केन्द्रिय सदस्य विजय कुशवाहा लगायकाले शुभकामना मन्तव्य राखेका थिए ।

वीरगंज मुर्ली स्थित रहेको नेपाल पत्रकार महासंघ पर्साका सभा हलमा भएको कार्यक्रमको संचालन पत्रकार मनोज पटेलले गरेका थिए ।

Back to top