वीरगन्ज २४ माघ । पर्साको पोखरिया नगरपालिका वडा नं ७ रानीगंजस्थित आयुर्वेद औषधालयको दुरवस्था छ । औषधालयको अवस्था र सेवाबारे स्थानीयले गुनासो गरेका छन् ।
गुनासोको आधारमा बिहीवार दिउँसो १ बजे प्रतीककर्मी औषधालयमा पुग्दा कार्यालयमा एकजना कार्यालय सहयोगी रामनरेश यादव भेटिए । उनीसँग कुरा गरिरहँदा अर्का कार्यालय सहयोगी श्रीलालप्रसाद यादव पनि आइपुगे । स्वास्थ्यकर्मी कोही छैन, स्वास्थ्यकर्मी नभएपछि सेवाग्राही आउने नै भएनन् । कार्यालय सहयोगी दुईजना काममा हाजीर छन् । तर औषधालय परिसरको अवस्था महीनौंसम्म कार्यालय सहयोगी नभएको जस्तो छ ।
सरसफाइ नगरिंदा कार्यालय र सोको प्राङ्गण एकदमै फोहर छ । चापाकल छेउछाउ पनि फोहर जमेर दुर्गन्धित छ । प्रवेशद्वारबाटै झारपात हुर्केको छ । पात, पतिङ्गर एवं कसिङ्गरको कुरै नगरौं, माकुरोका जालहरू जताततै लहराइरहेका छन् ।
कुनै बेलाको अञ्चल औषधालयको दर्जामा रहेको सो औषधालयको ऐतिहासिक महŒव त छँदैछ । मुलुकका विभिन्न क्षेत्रमा आयुर्वेदिक औषधालयको माग भइरहेको र आयुर्वेदको प्रभाव एवं लोकप्रियता विश्वमा नै बढ्दो अवस्थामा रहेको बेला पोखरियामा भएकै औषधालयको अव्यवस्था र दुर्दशा कसैलाई पनि नराम्रो लाग्छ सक्छ ।
कविराज रामेश्वर साहसँग फोन सम्पर्कमा सोध्दा उनले एकजना वैद्य, एकजना कविराज र दुईजना कार्यालय सहयोगीसमेत चारजनाको दरबन्दी रहेको बताए । साहले आपूm दुई दिनको बिदामा रहेको जानकारी दिए । तर बिदासम्बन्धी कसलाई जानकारी गराउनुभयो ? भन्ने जिज्ञासामा उनी निरुत्तर भए । कविराज साहले आपूm र अर्को एकजना प्राविधिक रहेकाले आपूmलाई आवश्यक काम परेको बेला समस्या हुने गरेको बताए ।
उनले औषधालयमा औषधिलगायतको अभाव रहेकाले आपूm बसेर मात्रै पनि केही गर्न नसक्ने जवाफ दिए । नगरपालिकाबाट कुनै सहयोग नपाएको उनको गुनासो थियो । आपूm यहाँ आएको दुई महीना मात्रै भएको जनाउँदै उनले पहिलो प्राथमिकतामा अस्पताल सरसफाइ सम्बन्धमा नगरपालिकामा अनुरोध गर्ने बताए ।
सोहीक्रममा पोखरिया रानीगंजका धर्मेन्द्रकुमार पटेल पेट दुख्यो भन्दै औषधालयमा पुगेका थिए । उनलाई कार्यालय सहयोगी रामनरेश यादवले अश्वगन्धा चूर्ण दिए । सो विषयमा कविराज रामेश्वर साहसँग ‘कार्यालय सहयोगीले औषधि वितरण गर्न मिल्छ ?’ भनी सोध्दा उनले कार्यालय सहयोगीले औषधि दिन नमिल्ने बताए ।
रोगको लक्षण, शारीरिक अवस्था एवं रोगको पहिचान गरी आवश्यक औषधि दिनुपर्ने र सोको परिमाण पनि घटबढ हुन नहुने भएकोले यो विषय संवेदनशील हुने उनले बताए । पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारले प्रशासकीय अधिकृतको रिक्तताले समस्या उठेको बताउँदै अब चाँंडै सो औषधालयको व्यवस्थापनतर्पm गम्भीर भई स्तरोन्नतिको लागि पहल गर्ने बताएका छन् । साभार prateekdaily.com