×

 

वीरगन्ज २३ माघ । करोना भाइरस विरुद्धको जनचेतनामूलक कार्यक्रम बिरगंजको घन्टाघर सम्पन्न भएको छ । नेपाल महिला मैत्री बिकास केन्द्र बिरगंजकी अध्यक्ष माल्ती कुशवहाको अध्यक्षता एवं पर्साका सहाय प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

“करोना भाइरसबाट बचौं र बचाऔं” कोरोना भाइरसबाट जोगिन ‘मास्क’ र ‘नमस्ते’ मुल नाराको साथ भएको कार्यक्रममा नोबेल करोना भाइरसबाट बच्ने उपायबारे जानकारी गराउनुको साथै यात्रु एवं उपस्थित सम्पुर्णलाई माक्स वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका कमेश्वर चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरू, ट्राफिक प्रहरी पर्साका कमलराज पंडित, सचितानन्द गिरी, दिनेश यादव लगयतको सहभागिता रहेको थियोे भने कार्यक्रमको संचालन शिव कुमार साहले गरेका थिए ।

Back to top