अब संविधान संशोधन नगरिए आन्दमेलमा जाने रे-अध्यक्ष उपेन्द्र यादव

408


 

वीरगन्ज २३ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नगरिए जनविद्रोहको बाटो रोज्न बाध्य हुने चेतावनी दिएका छन् ।

समाजवादी पार्टी सप्तरीद्वारा राजबिराजमा आयोजित तीन महिने सङ्गठन सुदृढीकरण तथा बिस्तार (बिसु)अभियानको उद्घाट्न गर्दै उनले यस्तो बताएका हुन नेकपा नेतृत्वको सरकारले मुलुकमा अधिनायकवाद लाद्न खोजेको उनले आरोप लगाए ।



नेकपा सरकारले एकदलीय अधिनायकवाद लाद्ने प्रयासमा रहेको आरोप लगाउँदै नेकपाको अधिनायकबादी नितिले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताए । ‘नेकपा नेतृत्वको सरकारले बहुमतको दम्भमा मिडिया लगायत राज्यको हरेक अङ्गलाई कब्जा गरी एकदलीय शासन प्रणालीको शुरुवात गर्न खोजेको छ’ उनले भने ‘अध्यक्ष यादवले भने ‘नेपाल सबै नेपालीको हो भन्ने भावानाको बिकास गरि अधिकारका लागि शक्ति आर्जन गर्न बिसु अभियान थालेका हौं ।’

समाजवादी पार्टीका अध्यक्ष यादवले ओली सरकार संविधान संशोधनको विपक्षमा रहेकोले सरकार छोड्नु परेको उनले स्पष्ट पारे । दुईतिहाई जनताले बहिष्कार गरेको संबिधानले मुलुकलाई निकास दिन नसक्ने उल्लेख गर्दै यादवले उत्पीडित जनताको अधिकार सुनिश्चित हुने गरि संबिधान संशोधन नगरिए फेरि देशमा जनबिद्रोह हुने बताए ।

समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष एवम पुर्व शिक्षामन्त्री रेणु यादव, समाजवादी पार्टीका नेता बिसु अभियान सप्तरीका संयोजक एवम प्रदेश नम्बर २ का भुमिब्याबस्था कृषि तथा सहकारी मंन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रिय सदस्य एबम बिसु अभियन्ताहरु अनिरुद्व सिंह यादव, बिनोद चौधरी, शैलेश चौधरी, केन्द्रिय सदस्यहरु अशोक यादव, जगदेव यादव, अशोक कुमार यादव, भिमराज यादवले बिसु अभियानलाई युद्धस्तरमा लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा संघीय परिषद सदस्य एवम् पुर्व सांसद लक्ष्मी चौधरी, संघीय परिषद् सदस्य किरण साह, मधेस प्रदेश समितिका सचिव दिनेश कुमार यादव, सदस्यद्वय युसुफ अलि, अमृत साफी समेतकाले बिसु अभियानबारे मन्तव्य व्यक्त गरे । पार्टिका जिल्ला सचिव चित्तरन्जन यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य रिता शर्मा यादवले गरे ।