×

 

वीरगंज १४ माघ । सुन्दर सावित्री स्मृति संस्था वीरगंजले चौथो भगवान बुद्ध पुजा अर्चना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाद्वारा वीरगंज महानगरपालिका वडा नं. १५ भिस्वा डाडामा आयोजित चौथो भगवान बुद्ध पुजा–अर्चना तथा सम्मान कार्यक्रममा स्थानिय भोजपुरी भाषामा प्रकाशित हुदै आएको भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया लगायत साग खेल २०१९ का पदक विजेताहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ । चौरसियलाई रु १५ हजार नगद पुरस्कार राशी सहित सम्मान पत्रले सम्मानित गरिएको हो । स्थानिय भोजपुरी भाषामा निरन्तर पत्रकारिता गर्दै आएकोमा चौरसियालाई पुरस्कृत तथा सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

संस्थाकी अध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथी जेष्ठ नागरिक पशुपति बिक्रम शाहले यस संस्थाले बिगतका समय देखि सामाजिक, संस्कृतिक, धार्मिक क्षेत्रमा सक्रिय रुपमा विभिन्न कार्यहरु गर्दै आएकोमा प्रशंसा गर्नु भयो । भ्रमण वर्ष २०२० चलि रहेको अवस्थामा पर्सा जिल्लामा रहेका घडिअर्वा पोखरी, भिस्वा डाँडा, शंकराचार्य गेट, घण्टाघर लगायतका धार्मिक पर्यटकिय स्थलहरुलाई विश्व सम्पदा सूचिमा प्रवेश गराउन सरकार सँग माग गर्नु भएको थियो ।

भगवान कार्कीले संचालन गर्नु भएको सो कार्यक्रममा पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, वीरगंज बौद्ध समितिका अध्यक्ष विरहर्ष साक्य, संस्थाका उपाध्यक्ष रमेश कुमार गोर्खाली लगायतकाले आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

स्व. सुन्दर बहादुर गोर्खाली र स्व. सावित्री देवी गोर्खालीको स्मृतिमा विगत चार बर्ष देखि संस्थाले एक जना पत्रकारलाई क्रियाशिल पत्रकारिता पुरस्कार सम्मान गर्दै आएकोमा यस वर्ष पत्रकार चौरसियालाई सम्मान गरेको हो ।

त्यसैगरी सोही समारोहमा साग खेल २०१९ का पदक विजेता लोक राज बज्रचार्य, विकास थापा, निश्चलमान श्रेष्ठ, नरेश यादव, सरोज यादव, सुमिर कुमार साह लगायतकालाई समेत नगद सहित सम्मान गरेको छ ।

Back to top