×

 

वीरगन्ज १४ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सदस्यता प्रदान र शुद्धीकरणको सवालमा बर्तमान कार्यसमिति नेतृत्वको नियत र भुमिका उपर प्रश्न खाडा गर्दै शाखाका सल्लाहकार एवं पुर्व अध्यक्ष अशोक तिवारीलगायतले आज मंगलवार एउटा पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै पुर्व अध्यक्ष तिवारीले योग्यता पुगेका पत्रकारहरुले सदस्यता पाउनु पर्नेमा काँखापाखा गरेर कार्यसमितिका ब्यक्तिहरुले बढीभन्दा बढी मान्छे भित्र्याउने दाउमा रहेको आरोप लगाए ।

‘पत्रकारिता सम्बद्ध संस्थाका अगुवाहरुको सकारात्मक हस्तक्षेपपुर्ण भुमिकापछि शाखाबाट सदस्यताको लागि सूचना अह्वान गरेर आवेदन संकलन हुने कार्य भएकोमा सबै पक्षले स्वागत गरेकै छ । आवेदन फर्म हस्तान्तरणको दौरान देखिएको तथ्य र गलत मनसायले भने झस्काएको मात्र छैन नैतिक्ताको आधारमा यो बिज्ञप्ति जारी गर्न बाध्य समेत पारेको छ,’ उक्त अवसरमा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ, ‘कार्य समितिका अध्यक्ष र उपाध्यक्ष दुई जना मात्र मिलेर आफु आबद्ध संचार संस्थाबाट १७ वटा सदस्यता आवेदन फर्म भर्न लगाएका छन् । कार्य समितिका अन्य सदस्यहरुको समेत जोड्दा यो संख्या दोब्बरभन्दा बढी हुन जान्छ । सदस्यताको आवेदनउपर छानबिन तथा सिफासिस कार्यसमिति बाहिरबाट निश्पक्ष र स्वतन्त्र समितिमार्फत भएमा मात्र त्यो भरोसायोग्य हुने मेरो दृढ मान्यता हो ।’

कार्यसमितिकै उपाध्यक्ष तथा बहुमत सदस्यहरु भएको समितिले छानबिन गरी सिफारिस गर्ने र उनीहरु नै रहेको कार्यसमितिले त्यसउपर निर्णय गर्ने कार्य सन्तुलित नहुने उनले ठोकुवा गरे । त्यस कारणले महासंघका पुर्व पदाधिकारीहरु सम्लित एउटा स्वतन्त्र, निश्पक्ष र स्वायत समितिमार्फत नयाँ सदस्यताको निरुपण र पुरानो सदस्यसूची शुद्धीकरण होस भनेर माग गरिएको छ । त्यसतै सदस्यता शुद्धीकरणपछि नवीकरणको अन्तिम टुँगो लगाउन भनिएको छ । कार्यक्रममार्फत पत्रकार तिवारीले महासंघ पर्साको वर्तमान कार्यसमिति नसच्चिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।

कार्यक्रममा बोल्दै महासंघका प्रदेश सदस्य जगत राईले बिधानमा टेकेर सबै पक्ष अगाडि बढ्न ध्भ्यानाकषण गराए । त्यसतै पत्रकार रितेश त्रिपाठीले बर्तमान कार्य समितिले बिधान, केन्द्रीय निर्देशन र अग्रजले बसाएको परम्पराको अवमनना गरेकाने आरोप लगाए । अरुको हकममा बिधि र पद्दतिको कुरा गर्ने पत्रकारहरुको छाता संगठन पनि बिधि र प्रक्रियामा हिड्नु पर्नेमा त्यसो नभएको भन्दै सच्चिनका लागि आग्रह गरे । उनले पुर्व पदाधिकारीहरुको समिति बनाएर सदस्यता, नवीकरण र शुद्धीकरणको विषय छिनोफानो गर्नुपर्ने बताए । पत्रकार महासंघ पर्साका संस्थापक संयोजक शंकर खतिवडाले बर्तमान कार्यसमिति अपारदर्शी, पुर्वाग्रहरी र ब्यक्तिप्रधान भएर हिडेको देख्दा दुख लागेको बताए ।

प्रेस युनियन पर्साका उपध्यक्ष एवं फोटो पत्रकार महासंघका पर्सा अध्यक्ष बिजय चौहानले महासंघको पछिल्लो सधारणसभाबाट छानबिन समिति गठन भएर दोषी ठहर भएका शाखा अध्यग्क्ष श्याम बञ्जाराले अबिmम्ब राजिनामा दिनु पर्ने बताए । उनले महासंघ पर्साको कार्य समितिको गलत नियतका कारण उत्पन्न हुने असहज परिस्थितीप्रति नेतृत्व नै जिम्मेवार हुनु पर्ने बताए । संघीय प्रेस फोरमका केन्द्रीय सदस्य अनिल तिवारीले लोकतान्त्रिक मुल्य, मान्यता र बिधानलाई महासंघ, पर्साको अध्यक्ष र पदाधिकारीहरुले लत्याएर हिडेकोमा यो सह्य नहुने बताए । पत्रकार शेखर छतकुलीले महासंघ पर्सामा पारदर्शीको खाँचो रहेको औंल्याएर

Back to top