बढ्दो चिसोमा दम्म रोगबाट बच्ने उपाय – डा.रामदेव पण्डित

43

जाडो बढ्दै गएको छ र मधेशमा जाडोकै कारण मर्नेहरूको संख्या बढ्न थालेको छ । प्रायः सबै बर्ष यस्तै हुने गर्दछ । जाडोले मान्छेहरू मर्ने अनेकौ कारण्हरू हनसक्दछ तर यसको बारेमा कसैले खोजी गरेको पाइदैन । केवल गरीवहरू लुगाफाटाको अभावले मरे भन्ने बुझाई सबैले बनाउँदछ । तर के त्यो मात्र होला र ? चिसोको कारण हुने वा बढ्ने रोगहरूले पनि मृत्युहरू भएको पनि हुन सक्ने सम्भावना पनि त रहन्छ । चिसोको कारण धेरैलाई सताउने रोगहरू मध्येको एउटा रोगको नाम हो दम्माा वा दम्मामा । साथै जाडोमा हृदयघातका कारण मृत्यु हनसक्ने सम्भावा पनि अत्याधिक हुने बिशेषज्ञहरू बताउँछन् । यहाँ दम्मा रोग बारे केही जनचेतनामुलक चर्चा गर्दछु ।

आस्थमालाई चलनचल्तीको भाषामा दम्मा रोग भनेर चिनिन्छ । यही दम्मा रोगलाई तराई मधेशमा दम्मामा रोग भन्ने चलन छ । विश्व आस्थमा दिवस (मे महिनाको २ तारिख) त गर्मी महिना पर्छ तर दम्मा रोगीलाई पीडा बढ्ने भनेको जाडोमा हो । सरकार दम्माको बिषयमा कार्यक्रम गर्दछ गर्मी मौसममा तर दम्माले दम्मा रोगीहरूलाई पिडित बनाएको छ जाडो मौसममा । जाडो वा चिसो दम्मामा रोगको प्रत्यक्ष कारण होइन तर जाडो वा चिसोले दम्मामा बढ्छ र रोगीको मृत्यु पनि हुनसक्छ ।
के हो दम्मा ?




श्वास प्रश्वाससित सम्बन्धित एउटा रोगको नाम हो दम्मामा । वातावरणीय प्रदुषण, धुवाँ धुलो, चिसो तथा फूल फूल्ने मौसममा फूलको परागको कणबाट हुने विभिन्न एलर्जीका कारण जुनसुकै उमेर समूहका मानिसलाई दम्मामा हुन सक्दछ । माथि भनिएका कारणहरू सँग कसैलाई एलर्जी छ र त्यही एलर्जीवाला वातावरणमा व्यत्ति लामो समयसम्म बस्दछ भने त्यस्तो व्यत्तिलाई बढी मात्रामा दम्मामा हुने गर्दछ ।

चुरोट खाने र धुवाँमा बस्ने कारणले हुने दम्माखोकीलाई सी.ओ.पी.डी.भनिन्छ यसले पनि चिसो मौसमामा दुख दिन्छ । दम्मामा रोगमा श्वास प्रश्वासका कोषिकाहरूले एक प्रकारको इन्जाइम (जैव रसायन) उत्पादन गर्दछ, जसले फोक्सोको मांसपेशीहरूलाई खुम्च्याई श्वास प्रश्वास नलीमा व्यवधान उत्पन्न गराउँछ र मानिसलाई श्वास फेर्नमा अप्ठेरो महसुस भई खोकी लाग्ने, स्वाँस्वाँ हुने, छाती कस्सिने लगायतका लक्षण हुने गर्दछन् ।
दम्मा किन हुन्छ ?

छाती रोग बिशेषज्ञ प्रा. डा. कविरनाथ योगीका अनुसार दम्मा (आस्थमा) रोग बिभिन्न कारणले लाग्ने गर्दछ । तिमध्ये केही प्रमुख कारणहरू यस्ता रहेका छन् ः

१) वंशाणुगत आस्थमाः विशेषगरी ३० र ३५ वर्ष उमेर समूहका मानिसमा प्रायः देखिने यस्ता आस्थमा वंशजका कारण हुने गर्दछ ।यस्तो प्रकारको पूर्ण निको पार्न कठिन हुने गर्छ । यो रोग उमेर ढल्कदो उमेरसँगै बढेर जान्छ ।
२) वातावरणीय प्रदुषणः कयौं मानिसहरूलाई वायु प्रदुषणका कारणले एलर्जी र पछि आस्थमा हुने गर्दछ । यस्तो आस्थमा केटा केटी र बयस्कहरूमा हुने गर्दछ । धुलो, धुवाँ, प्रदुषणका कारण उत्पन्न हुने एलर्जीको समयमै उपचार नगरेको खण्डमा त्यसले स्वाँस्वाँ सहितको दम्मा, खोकी निम्त्याउने गर्दछ र दम्मामा हुने गर्दछ ।
३.मौसमी परिवर्तनः कयौं मानिसहरूमा मौसमी परिवर्तनका कारण पनि आस्थमा हुने गर्दछ । यस्ता एलर्जी विशेषगरी फागुन, चैत तथा असोज, कात्तिक महिनामा अर्थात् फूल फूल्ने मौसममा बढी देखा पर्ने गर्दछ । विशेषगरी फूल फूल्ने मौसममा फूलको परागको कणका कारण मानिसलाई एलर्जी हुने गर्दछ । जसले दम्मा बढाउँछ ।
४. पेशागतः मिल, मैदा उद्योग, कपडा उद्योग, सिमेन्ट उद्योग, बाटोघाटोमा काम गर्ने व्यक्तिहरूमा पनि आस्थमाको जस्तै समस्या देखिने गर्दछ । काम गर्ने क्रममा धुलो धुँवा उड्ने र श्वास फेर्नेबेला नाक मुखबाट फोक्सोसम्म धुलो गएर दम्मा हुन्छ ।
५. मुटु रोगले हुने दम्मामा र मुटु रोगीलाई सोही कारणले दम्मा खोकी भएमा पनि आस्थमाका जस्तै लक्षण हुने गर्दछ ।
यस अर्थमा सबै दम्मा खोकी आस्थमा नहुन पनि सक्दछन् । सी.ओ.पी.डी., टि.बी. अर्थात क्षयरोग, निमोनिया भएका विरामीहरूमा पनि दम्मा तथा खोकीको समस्या देखा पर्ने गर्छ । तर ती आस्थमा होइनन् । आस्थमा नभए पनि यी रोगहरू पनि चिसो बृद्धिसँगै बढ्दछ र दुख दिन्छ साथै मृत्यु पनि निमत्याउँछ ।
दम्मा लागेको कसरी थाहा पाउने ?
सामान्यतयाः वायु प्रदुषण तथा एलर्जीका कारण हुने आस्थमा उपचारबाट निको पार्न सकिन्छ । तर खोकी लाग्दालाग्दै पनि त्यसको उपचारै नगरी, स्वाँस्वाँ हुने, छाती कराउने अवस्थाको सिर्जना भएमा क्रोनिक आस्थमा हुने गर्दछ । बच्चाहरूमा भाइरल संक्रमणका कारण ब्रोनकाइटिस भएमा पनि आस्थमा जस्तै लक्षण हुने गर्दछन् ।
हाछ्यूँ आउने, घाँटी खसखसाउने, नाक, कान, घाँटी चिलाउने, नाक बन्द हुने, पानी जस्तो पातलो सिगान बग्ने, खोकी लाग्ने, स्वाँस्वाँ हुने, सास फेर्न कठिनाई हुने, छाती कसिने दम्मामाको प्रमुख लक्षण हुन् ।
उपचार विधि
यदि कसैलाई वायु प्रदुषण, मौसमी परिवर्तन लगायतका बाह्य कारणले आस्थमा भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तरको उपचारबाट यो रोग पूर्णरूपमा निको पार्न सकिन्छ । तर यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिँ त्यो पूर्णरूपमा निको नहुन पनि सक्दछ ।
कसरी जोगिने ?

दम्मा रोग श्वासप्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् । यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम्मा रोगले झन् च्याप्छ ।

ड्ड घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ ।
ड्ड फ्रिजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।
ड्ड धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ ।
ड्ड आगो नजिक बस्दा पनि घुवाँ र कणहरू फोक्सोमा प्रवेश गर्नेहुन्छ, त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ ।
ड्ड भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ ।
ड्ड परालमा सुत्दा पनि त्यहाँबाट पनि कणहरू फोक्सोमा जानसक्ने हुन्छ, त्यसमा सावधान रहनुपर्दछ ।
ड्ड हाछ्युँ आउने, नाक, घाँटी खसखसाउने समस्या छ भने एलर्जी भएको हुनसक्छ । त्यसबाट जोगिने उपाय गर्नुपर्छ ।
यी कुराहरूबाट सकेसम्म दम्मा लागेको व्यत्ति जाडोमा धेरै नै सावधान रहनुपर्दछ । अन्यथा दम्माले जन्या पनि लिनसक्छ । सायद अन्जानमै धेरै मधेशीहरू बर्षेनी यस रोको व्यथाका कारण मृत्युको मुखमा पुग्दछ । यस बिषयमा सबैपक्षले चासो र चिन्तन गर्नु जरूरी छ । (मधेश दर्पण फिचर सेवा)