प्रदेश २ : बदलिँदो राजनीतिक परिदृष्यका नायक मन्त्री जितेन्द्र सोनल

जिताउन अहम् भुमिका खेलनुहुने माननीय मन्त्रि जितेन्द्र सोनल ज्यु लाई बधाई छ -प्रदेशसभा सदस्य सीता गुरुङ

586

 

राष्ट्रियसभामा सदस्यमा प्रदेश २ का ४ सीटमा नेकपा राजपा गठबन्धनको जितलाई लिएर सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो लाग्यो । यो क्रम अहिले पनि थामिएको छैन । नेकपा–राजपा नेपाल गठबन्धनको जितको खु्शीयालीमा निकालिएको विजय जुलुशको फोटोसहित सन्तोष यादवले फेसब्ुकमा राखेको पोष्टमा प्रदेशसभा सदस्य सीता गुरुङले प्रतिक्रिया लेखिन– बधाई छ, जित्नहुने माननीय ज्यूहरूलाई । अनि, जिताउन अहम् भूमिका खेल्नुहुने माननीय मन्त्री जितेन्द्र सोनल ज्यूलाई ।


मधेस राजनीतिको उद्गम र वर्चश्व क्षेत्र हुनुका कारण राष्ट्रियसभा निर्वाचनमा २ नम्बर प्रदेश चर्चा र चासोको केन्द्रमा रहनु स्वाभाविक थियो । २ नम्बर प्रदेशको सत्ता राजनीनिका सहयात्री दल यो चुनावमा आमनेसामनेको अवस्थामा मात्र थिएनन्, विपरीत गठबन्धनबाट आआफ्नो जितलाई प्रतिष्ठाको विषय बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । केन्द्रीय सत्ताबाट बाहिरिएर मुख्य प्रतिपक्षी नेपाली कांग्रेससँग चुनावी तालमेल गर्न पुगेको समाजवादी पार्टी र बदलिँदो राजनीतिक परिदृष्यसँगै नेकपासँग सहकार्य गरेको राजपा नेपालले आआफ्नो गठबन्धको जितलाई मधेसमा राजनीतिक वर्चश्व सावित गर्ने मानक ठान्नु स्वाभाविकै हो ।

प्रदेश सत्तामा सँगै रहेर पनि राष्ट्रियसभा चुनामा विपरीत ध्रुवमा उभिएका राजपा नेपाल र समाजवादी पार्टीको राजनीतिक दाउपेचमा राजपाले बाजी मारेको छ । केन्द्रीय सत्ताबाट बाहिरिएका समाजवादी अध्यक्ष उपेन्द्र यादवको रणनीति फेलमात्र खाएको छैन, यो पार्टीसम्बद्ध गठबन्धनले प्रदेश २ मा भोगेको पाराजयसँगै समाजवादीले राष्ट्रियसभाबाट  एउटा सीटसमेत गुमाएर बाहिरिएको छ ।

नेकपा–राजपा गठबन्धनले जित हात पार्दा राजपाले राष्ट्रियसभामा पहिलो पटक २ जना सदस्य पु¥याउन सफल भएको छ । र, यो रणनीतिक सफलताको केन्द्रमा स्थापित भएका छन्– प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल । त्यसैले त प्रदेशसभामा प्रतिपक्षको हैसियतमा रहेको नेकपाका सदस्यलेसमेत सार्वजनिजक रुपमै जितको श्रेय सोनललाई सुम्पिएका छन् ।

राष्ट्रियसभा चुनावमा तालमेलको सहमतिमा पुगे पनि यसलाई लक्षित निष्कर्षमा पु¥याउने काम कम्ती चुनौतीपूर्ण काम थिएन । सोनल प्रदेशसभामा राजपा नेपालका संसदीय दलका नेतासमेत हुनुका कारण गठबन्धनको जित सोनलका लागि स्वाभाविक रुपमा राजनीतिक प्रतिष्पर्धामात्र नभएर प्रतिष्ठाको विषय बनेको थियो ।

नेकपा–राजपा र कांग्रेस–समाजवादी तालमेलबीच झिनो मतान्तरका कारण पनि क्रस भोटिङको भय गठबन्धनलाई थियो । केन्द्रीय सत्ताबाट बाहिरिनुको बदला लिन कांग्रेससँग सहकार्य गर्न पुगेका उपेन्द्र जस्तोसुकै उपाय अपनाएर पनि सफल हुने रणनीतिमा एकोहोरिएका थिए । यो अवस्थामा रणनीतिक सुझबुझका साथ आफ्नो गठबन्धनलाई जिताएर उपेन्द्रको चलाखीलाई पाखा लगाउनु चानच्ुने काम थिएन, प्रदेशमा पार्टीको नेतृत्व गरिरहेका सोनलका लागि  । तर, सोनलले यो अभियानलाई सफल बनाएर राजनीतिक बाजी मार्न सफल भएको विश्लेषण गरिएको छ ।

प्रदेश २ मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र समाजवादी दलबीचको तालमेलले नेकपा–राजपाका नेताहरुलाई बेचैनी बढाएको थियो । कांग्रेस–समाजवादी पार्टी तालमेलको नेतृत्व गरिरहेका उपेन्द्र यादव र कांग्रेस उपसभापति विमलेन्द्र निधिले नेकपा–राजपा तालमेलको छिद्रमा खेलेरै भए पनि जित आफ्नो पक्षमा पार्ने राणनीतिमा जुटेका थिए । राजपाका महामन्त्रीसमेत रहेका सोनललाई पार्टी नेतृत्वको निर्णयलाई जसरी पनि सफल तुल्याउने चु्नौती थियो, र त्यसलाई सामना गर्दै सफल पनि बनाए ।

बदलिँदो राजनीतिक परिस्थितिमा गठबन्धनको उद्देश्यलाई सफल बनाउनु चुनौतीपूर्ण भए पनि सफल तुल्याउन सकिएकोमा सोनल सन्तुष्टि व्यक्त गर्दछन् । आन्तरिक र बाह्य रुपमा आएका अनेक आग्रह र असन्तोषका बाबजुद केन्द्रीय नेतृत्वले तय गरेको उद्देश्यमा सफल हुँदा खुशी स्वाभाविक छ,’ सोनल भन्छन् । जस्तोस्ुकै असहजताबीच पनि सम्भावनाको खोजी राजनीतिको विशेषता र संस्कार हो ।

यस्तै सम्भावनाको खोज र आइपरेका चुनौतीको समाना गर्दै सोनलको रणनीतिक सक्रियतामा राजपाले प्रदेश २ बाट शेखर सिंह र मृगेन्द्रसिंह यादवलाई राष्ट्रियसभामा पठाएको छ  । यही तालमेलमा नेकपाबाट राधेश्याम पासवान र तुलसा दाहालले बाजी मारेका छन्  ।

कांग्रेस–समाजवादी गठबन्धन राजपाबाट क्रस भोटिङ गराउने ताकमा भए पनि सोनलको सक्रियता र सुझबुझपूर्ण समन्वयका कारण त्यो प्रयास असफल भएको नेकपाका नेताहरूले सार्वजनिक रुपमै स्वीकार गरिसकेका छन् । नेकपा राजपाको नजिकिँदो सम्बन्धका कारण यतिखेर प्रदेश २ को सत्ता राजनीतिलाई लिएर अनेक आशंका र अड्कलबाजी पनि हुन थालेका छ । नेकपा–राजपा गठबन्धन कायम भएर समाजवादीलाई सत्ताबाहिर पठाउने सम्भावनाका सन्दर्भले प्रदेशसत्ताको नेतृत्वकर्ता झस्किएका छन् । केन्द्रीय सत्तामा समेत राजपाको सहभागिताको सम्भावनालाई निकै चासोका साथ हेरिएको छ । यो सम्भावनाको यथार्थ रुपान्तरण अहिले अनुमान र अड्कलवाजीको विषयमात्र भए पनि राष्ट्रियसभाका लागि नेकपा–राजपा गथबन्धनको जितले प्रदेश २ को सत्तामा राजपाको नेतृत्व गरिराखेका सोनललाई मधेस राजनीनिको केन्द्रीय भागमा स्थापित गरिदिएको भने यथार्थ हो ।