×

 

वीरगन्ज १३ माघ । नेपाल पत्रकार महासंघको सदस्यताका लागि १ सय २३ जनाले फर्म भरेका छन एक तेईस जनाले भरिएको फर्म सदस्यता वितरण तथा सुद्धरिकरण समितिलाई बुझाइएको हो ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले दरखास्त फारम बुझाउंदै वास्तबिक पत्रकारलाई सदस्यता बितरणमा कुनै कुसर बाँकी नराख्न समितीलाई आग्रह गर्नुभएको थियो ।

उहाँले लामो समयदेखि पत्रकारिता गरेका, पत्रकारितालाई नै पेशा बनाएका बैधानिक मापदण्ड पुगेका पत्रकारलाई सदस्यता दिन सिफरित गरि शाखालाई सहजीकरण गरिदिन समेत आग्रह गर्नुभएको थियो । आज लगत्तै समितिको बैठक पनि बसेको छ । बैठकमा महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी संयोजक रहेको समितिमा धुव्र साह, रामनारायण कुर्मी, युवराज खड्का, विजय कुशवाहा, आर।के। पटेल, भुषण यादव, संजिव मिश्रा, शुस्मा शर्मा रहेका छन् ।

Back to top