×

 

हेटौंडा, १२ माघ । बागमती प्रदेशको राजधानी हेटौंडातर्फ आउँदै गरेको बिरामी बोक्ने सरकारी एम्बुलेन्सले लागूऔषध गाँजा बोकेपछि प्रहरीको फन्दामा परेको छ ।

शनिवार साँझ करिब ७ बजे हेटौंडा–१९ नेवारपानीमा मनहरीबाट आउँदै गरेको बा. २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको हो ।

ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडि पुर्व–पश्चिम लोकमार्गमा प्रहरी नायव निरिक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको टोलीले एम्बुलेन्समा जाँच गर्दा ३ वटा झोला भित्र ६ वटा पोका बनाइ ३० किलो ६०० ग्राम लागू औषध गाँजा भेटिएको थियो ।

प्रहरीले एम्बुलेन्स चालक रौतहट डुमरिया नगरपालिका वडा नं. ९ बस्ने ३९ वर्षीय महमद खलिद, एम्बुलेन्समा सवार डुमरिया नगरपालिकाका ४ नं. वडा घर भएका १९ वर्षीय अशोक कुमार, भारत बिहार मोतिहारी जिल्ला बसन्तपुर बस्ने २२ वर्षीय विनोद सहनीलाई गाँजा र एम्बुलेन्स सहित नियन्त्रणमा लिएको छ ।

Back to top