×

 

वीरगंज १२ माघ । नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नं २ र नेपाल फोटो पत्रकार महासंघको संयुक्त आयोजनामा बीरगंजमा फोटो पत्रकारहरुकालागि आधारभूत तालिम र तीन दिने फोटो प्रर्दशनी हुने भएको छ ।

आउदो फागुन १६,१७ र १८ गते बीरगंजमा प्रदेशस्तरीय अधारभुत फोटो पत्रकारिता तालिम र फोटो प्रर्दशनी हुने नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण बिभागका प्रमुख कृष्ण गिरीले बताउनु भयो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय समितिले साझेदारीमा फोटो पत्रकारहरुको बृतिबिकासमा काम गर्न सहमती जनाएका छन ।

नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रमा त्यस कामको जिम्मेवारी केन्द्रीय प्रशिक्षण बिभागलाई दिइएको छ । बिभागले तालिमका बिषयमा समन्वय गर्ने गर्दछ । र प्रदेश र जिल्ला स्तरमा संयाुक्ता आयोजनामा कार्यक्रमहरु संचालन हुने गरेको छ ।

फागुनमा हुने तालिम तथा फोटो प्रर्दशननी कार्यक्रमको स्थानीय ब्यवस्थापको जिम्मेवारी भने नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखालाई दिइएको छ । शाखा स्थानीय ब्यवस्थापलाई लिएर आज शाखाको बैठक सम्पन्न गरेको छ । शाखा अध्यक्ष बिजय चौहानको अध्यक्षतामा भएको बैठकले नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको बीरगंजमा आयोजना हुने तालिम तथा प्रर्दशनीको भब्य ब्यवस्थापन गर्ने निर्णय गरेको छ ।

तालिममा प्रदेश नं २ ८ वटै जिल्लाका क्रियाशिल फोटो पत्रकार ३० जनाको सहभागिता रहने जनाइएको छ । प्रर्दशनीमा प्रदेश नं २ को कला संस्कृति,परम्परा जनजीवन ऐतिहासिकता झल्काउने खालका ६० भन्दा बढी फोटोको प्रर्दशनी गरिने नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिनु भयो ।

आठबटै जिल्लाका फोटो पत्रकारहरुले प्रर्दशनीमा आफनो फोटो राख्न पाउने छन । नेपाल फोटो पत्रकार महासंघले छनौट गरेका फोटो मात्र प्रर्दशनीमा समावेश हुने छ । पत्रकारिता तालिममा पाँच जना प्रशिक्षकले सैद्धान्तिक तथा ब्यवहारिक ज्ञान दिने छन । तालिम बाट प्रदेश नं २ का कम्तिमा ६ जना फोटो पत्रकारिता सिकाउन सक्ने प्रशिक्षकको उत्पादन हुने अपेक्षा लिइएको छ ।

फोटो बिनाको समाचार खल्लो हुने र समाचारको सत्यताकोलागि फोटोको महत्व अत्यधिक हुदै गएकोले गुणात्मक फोटो आवश्यक रहेकोले फोटो पत्रकारिता तालिमको आयोजना गर्न लागिएको नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले बताउनु भयो ।

बैठकमा नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मी नेपाल पत्रकार महसांघका केन्द्रीय प्रशिक्षण बिभाग प्रमुख कृष्ण गिरि नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, सचिव युवराज खडका, लगायतको उपस्थिति रहेकोे फोटो पत्रकार महासंघ पर्साका सचिव तिवारी यादवले वताउनु भयो ।

Back to top