×

 

वीरगंज,माघ ९ । वीरगंजमा एक महिना चल्ने प्रदेश स्तरीय जुत्ता चपल व्यापार मेला शुरु भएको छ ।माघ ९देखि फागुन ८सम्म चल्ने मेलामा नेपाल भारतका करिब २ लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराउने लक्ष्य लिइएको छ ।

मेलाको उद्घाटन वीरगंजका मेयर विजयकुमार सरावगीले गरे ।मेलाको उद्घाटन गरेपछि मेयर सरावगीले यस्तो मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।सरककारले स्वदेशी उत्पादनलाई विश्वको बजारमा पुर्याउन भ्याट शुल्क निशुल्क गर्नु पर्ने सुझाव दिए ।भ्याटको सुविधा दिएपछि स्वदेशी उद्योगले उत्पादन गर्ने उत्पादनको लागत खर्च कम भई विश्व स्तरमा नेपाली ब्रान्ड प्रतिस्पर्धा गर्न सकिने विश्वास व्यक्त गरे ।

मेलामा एक लाख जोडी जुत्ताचपल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।वीरगंज घण्टाघरस्थित मधेसी सहिद पार्कमा लाग्ने मेलामा ७ वटा विभिन्न कम्पनिको १ हजार भन्दा बढि ब्रान्डका समान बिक्री भइरहेका छन् ।

मेलामा स्वदेशी ७ वटा कम्पनिको विभिन्न ब्रान्ड जुत्ताचपल सस्तो शुलभ दाममा बिक्री गर्ने लक्ष्य रहेको आयोजक मध्येका नेपाली जुत्ताघर प्रालिका अध्यक्ष होमनाथ उपापध्यायले बताए ।

बिएफ डियर हिलका प्रबन्ध निर्देशक उपाध्यायका अनुसार नेपालमाम १५ सय भन्दा बढि उद्योगको लगानी करिब १७ जोखिममा रहेकोले सरकारले नेपाली सेना,प्रहरी,निमामति कर्मचारी,शिक्षक लगायत पेशामा स्वदेशी उत्पादन मात्र प्रयोग गर्नु पर्ने नियम लागु गर्नु पर्ने आवश्यकता रहेको बताए ।

यसले स्वदेशी उत्पादनलाई संरक्षण र प्रवद्र्धन गर्नमा सहयोग पुग्छ ।साथै उनले स्वेदशी उत्पादनले आयात गर्ने कच्चा पदार्थमा पनि भन्सार सुविधा दिइनुु पर्ने सरकारसंग माग गरे ।

मेलामा १५ देखि ५० प्रतिशत सम्म छुटको व्यवस्था रहेको मेला आयोजक समितिले जनाएको छ ।

मेलामा शिखर,रन,बिएफ डियर हिल,सुज ल्यान्ड,कोसेली,क्रस रोल,हिल गरी कुल ७ स्वदेशी कम्पनीको उत्पादन बिक्री भइरहेको छ ।

स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न र भिजिट नेपाल शुरु भएको देशमा देशको विभिन्न कुनाकपचाको उपभोक्ताहरुलाई सस्तो दाममा फूटवेयर अर्थात जुत्ता चपल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन र संरक्षण गर्न मेलाको उदेश्य रहेको मेला सञ्चलक समितिका रुद्र न्यौपानेले जानकारी गराए ।

उद्घाटन समामरोहमा लेदर टेनर एशोसिशनका महासचिव बब्लु अन्सारी ,पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान,वडा अध्यक्ष द्वय नगिना साह कानु र मनोज गुप्तालगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

भारतीय उपभोक्ताको लागि पनि राम्रो अवसर भएको वक्ताहरुले व्यक्त गरेका छन् ।

उनले स्वदेशी उत्पादनहरुमा राम्रो र गुणस्तरीय जुत्ता चपलका उद्योगहरुले देशमा आम्तनिर्भर भई यस्तो किसिमको मेला आयोजना हुनु र सस्तो दाममा जुत्ता चपल खरिद गर्ने अवसर भएकोले यो सबै उपभोक्ताहरुको लागि खुशीको कुरा भएको वक्ताहरुको जोड छ ।

Back to top