क्यान इन्फोटेकमा टिकटाक प्रतियोगिता हुने

50

वीरगंज, माघ ६ – नेपालमा सूचना प्रविधि विकास र प्रवर्द्धनका लागि काम गर्दै आएको आईटि व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साले वीरगंजमा दोश्रो प्रदेश स्तरिय क्यान इन्फोटेक आयोजना गर्न लागेको छ । माघ ९ गते देखि १३ गते सम्म हुने क्यान इन्फोटेक २०२० वीरगंजको नगर सभागृह (टाउन हल) मा आयोजना हुनलागेको हो ।

विभिन्न कार्यक्रमहरु गर्न योजना रहेको क्यान महासंघ पर्साले टिकटाक प्रतियोगिता समेत आयोजान गर्ने भएको छ । टिकटाक प्रतियोगिताको विजेतालाई नगद रु ५१०० र अन्य आकर्षण उपहारहरुको व्यवस्था गरिएको छ ।


प्रतियोगितामा सहभागि हुनेले मेला सञ्चालन भईरहेको समयमा मेला परिसरभित्रै टिकटक बनाउनु पर्नेछ । सहभागिद्धारा बनाइएको टिकटाक भिडियोले मेलाको प्रचारप्रसारमा सघाउ पुर्याउने संगै आईटि, शिक्षा, प्रविधि, शुसासन प्रोत्साहन गर्ने गरि बनाउनु पर्नेछ ।

सहभागि हुनेले दुई तरिकाले भिडियो बनाउ सक्छन् । समुह र व्यक्तिगत रुपमा बनाइएका भिडियोहरु मध्ये दुई सर्वोत्कृष्ट भिडियोलाई पुरस्कृत गरिने आयोजकले जनाएका छन् ।

मेलाको प्रचारप्रसार प्रतियोगिताको मुख्य केन्द्रविन्दु हुनुपर्नेछ । वीरगञ्जस्थित नगर सभागृहमा हुने पाँच दिने आईटि मेलामा सुचना प्रविधिसँग विभिन्न स्टलहरु राखिने छ । मेलामा सुचना, प्रविधि, मनोरञ्जन तथा सुचना प्रविधिसँग सम्बन्धीत अन्तरक्रिया कार्यक्रमहरुको पनि आयोजना गरिने क्यान महासंघले जनाएको छ ।