राष्ट्रिय दलित पत्रकार संघ पर्सा गठन

62

वीरगंज, माघ ५ – राष्ट्रिय दलित पत्रकार संघ नेपाल पर्साकाे जिल्ला कार्य समिति आज गठन भएकाे छ । “लोकतन्त्रको मूल आधार, सामान सहभागिता र विभेदमुक्त समाज अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रा आवाज” भन्ने मुल नाराका साथ वीरगंजमा भएकाे दलित पत्रकारहरुकाे भेलाले उक्त समिति गठन गरेकाे हाे ।

वीरगंजका अगुवा दलित पत्रकार वृजलाल पासवानकाे बिशेष उपस्थितीमा भएकाे भेलले श्याम पसवानकाे अध्यक्षतमा ९ सदस्यीय  समिति गठन गरेेकाे छ । जसकाे उपाध्यक्षमा सुरेश बादल, सचिवमा सुर्या नारायण विक, काेषाध्यक्ष निषा कुमारी पासवान, सदस्यहरुमा सुबाष राम, शुसिल हाजरा, इशक कुमार पासवान, रामबाबु राम महरा र संगिता दास रहेका छन् ।




यस्तै राष्ट्रिय दलित पत्रकार संघ पर्साकाे २ सदस्यीय सलाहकार समिति पनि  गठन भएकाे छ । सलाहकार समितिमा बृजलाल पासवान र विनाेद परियार रहेका छन ।