×

वीरगंज, माघ ४ - कलैया उपमहानगरपालिका १ मा रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयलाई प्रदेश नम्बर २ का सरकारले नमुना विद्यालय अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जीतेन्द्र सोनालले शुक्रबार विद्यालयको अनुगमन गर्दे सहयोग रकमको घोषण गरेका हुन् ।

१९८४ सालमा स्थापनमा गरिएको देशकै दोस्रो र जिल्लाकै पुरानो विद्यालयको पुनर्निर्माण र शैक्षिक गुणस्तर सुधार गर्नको लागि प्रदेश चालु अर्थिक वर्षमा ५० लाख रुपैयाँ सहयोग गर्ने मन्त्री जीतेन्द्र सोनलले बताएका छन् ।

प्रदेश सरकारले प्रदेशमा भौतिक पूर्वाधारको विकासका केन्द्रीत रहनुको साथै शैक्षिक क्षेत्रको विकासमा अघि सरेको दाबी सोनलले गरे ।

शैक्षिक क्षेत्रको विकासको लागि प्रदेश सरकरले चालु आर्थिक वर्षदेखि प्रत्येक जिल्लाको एउटा विद्यालयलाई नमुना विद्यालय अन्तर्गत छनौट गरि त्यसको पूर्वाधार र शैक्षिक गुणस्तरको लागि पहिलो चरणमा ५० लाख रकम दिने योजना अघि सारेको प्रदेश मन्त्री सोनलको भनाइ छ।

९३ वर्ष पूरानो श्री ३ चन्द्र माध्यमीक विद्यालयको भवनहरु जीर्ण अवस्थामा रहेकोले गर्दा यसलाई नमुना विद्यालय अन्तर्गत छनौट गरि पहिलो चरणमा ५० लाख रुपैयाँ सहयोग गरिने र पछि पनि आवश्यकता अनुसार सहयोग गर्दे जाने सोनलले आश्वासन दिए।

Back to top