×

 

वीरगञ्ज ४ माघ । प्रदेश नं २ का सशस्त्र प्रहरी प्रमुख डिआईजी राजु अर्यालले बिहिवर पर्साको सिमावर्ती भिस्वा नाकालाई निरिक्षण गर्नुको साथै भारतिय सिमावर्ती सिकटा एसएसबीका मेजरसंग अपराध र तस्करी चोरी निकासी नियन्त्रण सम्बन्धमा कुराकानी गर्नु भएको थियो ।

सिमावर्ती नाका बाट हुने अपराधी गतीबिधी र चोरी तस्करीको नियन्त्रणमा दुईटै देशका प्रहरी प्रसाशनको मिलेर नियन्त्रण गर्न मातहतका सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट हरुलाई निर्देशन दिनु भएको थियोे ।

तर सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वाटर राजस्व तथा गस्ती सुरक्षा गुल्मबाट गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीले डिआईजी अर्यालको निर्देशनलाई अटेर गदै रातभरी वीरगञ्ंज भन्सार क्षेत्रबाट तस्करीको लाइन खोलेका छन् ।

शसस्त्र प्रहरीले समेत जिल्लामा तस्करीमा नयां कृतिमान कायम गर्ने गरि तस्करीको लागि सबै बाटो खुला गरिदिएको समाचार प्राप्त हुन आएको छ । भन्सार क्षेत्रका नाकामा खटिएका शसस्त्र प्रहरी प्रमुखले माथि सम्म रकम बुझाउनुपर्छ भन्दै तस्करीको लाइन दिएको गरेको एक जना तस्करले बताए ।

रक्सौल नाकाबाट बीरगंञ्ज प्रबेश गर्दा चोरी तस्करी नियन्त्रण हुन दर्जनौंको संख्यामा सशस्त्रका बिभिन्न दर्जाका प्रहरी खटिएको हुन्छ तर उनीहरु रकम उठाउनमै केन्द्रीत रहेको देखिन्छ । वीरगञ्ज निवासी अमित गुप्ताले घरायसी प्रयोगका लागी ल्याइरहेको ४ हजार मुल्य बाराबाको उपभोग्य खाद्य समाग्रीलाई रोक्ने र रकम माग गर्ने नदिएपछि समान्य जफ्त गरेको थियो ।

योत एउटा पत्र मात्र हुन दैनिक सर्वसाधारणले समान्य घरायसी काम काजको लागि लिएर आएको समान्य जफ्त गर्ने गरेको छ । थोरै थोरै समान्य जफ्त गरी १ ,२ दिन पछि धेरै समानहरु बरामद भएको प्रेस विज्ञप्तीबाट सर्वजनिक गर्ने गरेको छन् ।

सशस्त्र प्रहरीकै सहयोगमा इनर्वा, छपकैया, भकुवा, पिपरपाती, भिषुवा, जानकीटोला, अमरपट्टी, धोरे, अलौ, र वीरगञ्ज भन्सारकै मुख्य गेटबाटै दैनिक रुपमा करोडौं मूल्यको राजस्व छलीका समाज ओसार पोसार तिब्र गतिमा भईरहेको छ ।

नाका बाट दिनहु भारत बाट सर्टिड्ड सुर्टिड्डका कपडा, हार्डवेयरका पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, भारतिय चामल साईकल, मोटरसाईकल, अटो—रिक्सा, टाड्डा मार्फत सिमामा खटेका सशस्त्र प्रहरीहरुको मिलेमतोमा नेपाल तर्फ भित्रियाईरहेका छन भने, नेपाल बाट सोही नाका हुदै मरिच, केराउ व्यापक मात्रामा भारत तर्फ तस्करी गरिरहेका छन ।

तस्करहरुले वीरगञ्ंज भन्सार क्षेत्र ,नगवा, ईर्नवा , भकुवा, छपकैया नाकाबाट हुने तस्करीको महिनावारी सशस्त्र प्रहरी बल नम्बर १४ हेडक्वाटर राजस्व तथा गस्ती टोलीका प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीलाइ बुझाउने गरेकोे एक जना तस्करले बताए । सशस्त्र प्रहरीहरुकै संरक्षणमा नेपाल सरकारको राजश्व चुहावट गरी चोरी पैठारी तस्करी बढन थालेको छ ।

पर्सा जिल्लामा तस्करी गतिविधी बढदै गऐ पछि मुलुककै प्रमुख नाकाको रुपमा रहेको वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा अप्रत्याशित गिरावट आएको छ ।

Back to top