×

 

बिरगंज ४ माघ । पिताश्री ब्रह्मबाबाको ५१ औं स्मृति दिवशको अवसरमा आयोजित बिश्व शान्तिको लागी राजयोग ध्यान साधन कार्यक्रम सम्पन्न भयो। ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बिरगंजले १८ डिसेम्बर देखी १८ जनवरी सम्म ३२ दिवसीय अखण्ड योग साधना तपस्या कार्यक्रमको शनिबार समापन तथा ५१ औं स्मृति दिवस बिश्व दर्शन भवन (ॐ शान्ति) छपकैया-२ मा विभिन्न कार्यक्रम गरि मनाईएको थियो ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बिर्ताका क्षेत्रिय प्रमुख सन्चालिका रबिना दिदिको सभापतित्वमा र प्रदेश सभा सदस्य माननिय शन्कर प्रसाद चौधरीको प्रमुख आतिथ्य स्मृति दिवश मनाईएको थियो ।

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बिरगंजको आयोजना भएको सो कार्यक्रमको मुख्य उदेश्य भनेको नेपाल र बिस्वमा राष्ट्रिय सदभाव होस, शान्ति होस, सबै धर्म , बर्गहरु बीच एकता कायम होस , शान्तिको स्थापना होस, अमन चयनको स्थापना होस भन्ने पबित्र सन्कल्पले र अहिले जुन अनिस्ट आईरहेको छ , त्यो सबै अनिस्टहरु निवारण होस भनेर यो कार्यक्रम गरेको र यसबाट सबैले पाठ सिक्नु पर्ने समेत बताए।

ब्रम्हकुमारि राजयोग सेवा केन्द्रले बिश्वमा शान्ति र मानबिय मुल्य मान्यताको लागि करिब ८३ बर्ष देखी कार्यरत सस्था हो।यसको शाखा सस्थापक स्थापना गर्ने प्रजापिता ब्रम्हकुमारी ईस्वरी बिश्वबिधालयका शाखा सस्थापक प्रजापिता ब्रम्हबाबा हुनुहुन्छ , यसको फाउन्र्डिङ्ग फादर पनि हुनु हुन्छ ।

उहाले जनवरी १८ मा आफ्नो भौतिक केलिमर छोडेर सम्पुर्ण स्टेज ( एन्जेली फर्म) त्यो प्राप्त गर्नु भयो।त्यसको अवसरमा बिश्वभरी ९ हजार सेवा केन्द्र ,उप सेवाकेन्द्र १४५ देशहरु ९५००;शाखा र उपशाखा रहेको छ ।प्रत्येक देशमा यस सेवा केन्द्रहरुले करिब यो महिनाको १८ डिसेम्बर देखि १८ जनवरि सम्म्को ३२ दिवसीय अखण्ड योग साधना तपस्या कार्यक्रमको समापन गर्ने कार्यक्रम रहेको रबिना दिदिले जानकारी दिनु भएको थियो ।

समापन कार्यक्रममा प्रदेश सभा सदस्य माननीय प्रल्हाद गिरि , रेडक्रस सोसाइटी पर्साका उपसभापति श्रीमती मधु राणा , सर्वराष्ट्रिय दैनिकका सम्पादक एवं प्रकाशक महेशचन्द गौतम , नेपाल टेलिभिजनका नेहाल खान , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का , राजधानी दैनीकका बिजय भन्डारी , बिरगंज न्युज २४ का प्रकाशक अखिलेश साह , बिश्व दर्शन भवन छपकैयाकि संचालिका ब्रम्हकुमारी बेलि दिदि , छोटेलाल भाई , जितेन्द्र भाई, गोकुल भाई, मुर्ली बगैचाका सन्चालिका ब्रम्हकुमारी गोपिनी दिदि लगायतकाको सहभागीता रहेको थियो ।स्वागत ब्रम्हकुमारी बेलि दिदिले र कार्यक्रम सन्चालन गोबर्धन भाइले गर्नु भएको थियोे भने ब्रह्मबाबाको जिवनीबारे प्रकाश ब्रह्मकुमार गोकुल भाईले गर्नु भएको थियो ।

त्यसैगरि ३२ दिने अखण्ड योग तपस्या कार्यक्रममा दैनिक रुपमा आई ११३ घन्टा तपस्या गर्ने सेमा जैसवाल , ९१ घन्टा ध्यान गर्ने मन्जु यादव , ८५ घन्टा मिनु गुरुङ , ८० घन्टा जसोदा माताजी, ८० घन्टा बाल कुमारी कायस्थ , ७४ घन्टा उर्मिला , ६० घन्टा राधा श्रेष्ठ , ५४ घन्टा कृष्ण शर्मा , ८६ घन्टा बालकृष्ण चौहान , देबिधारी भाईजी लगायतकालाई खादा र गिफ्टद्वारा सम्मान गरिएको थियो ।अतिथिहरुलाई रबिना दिदिले मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

Back to top