वीरगंज उद्योग वाणिज्य संघ सलामी र गुलामीमा व्यस्त, हुण्डीको नाउँमा नेपाल प्रहरीको कमिशन कुम्ल्याउने दाउ

609

 

वीरगंज ३ माघ । नेपालबाट प्राय दैनिक हजारौंको संख्यामा नागरिकहरु रक्सौल सामान खरिद गर्न जान्छन् । उनीहरु जांदा नेपाली पैसा नै बोकेर जाने गर्दछन् । सामान खरिद गरी फर्किदा सिमामा स्थित प्रहरीहरुको नाटक र मुद्रा मोचन अभियान त आफ्नो ठाउँमा छदैछ ।


नेपाली नागरिकहरुले खरिद गरे वापत दिएको पैसा रक्सौलबाट व्यापारीहरुले लाख दुई लाख रुपैया लिएर वीरगंज आउंदा अनुसन्धान विशेषज्ञ प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले समातेर तत्काल हुण्डीको रकम भनेर प्रचारबाजी गरी जफत गरेर मीडियामा समाचार सम्प्रेषण गरी राजश्व अनुसन्धानमा नपठाई कैयौ दिन आफ्नै हिरासतमा राखेर अदालत पठाउने गरेका छन् । यो अहिले हाम्रो वीरगंजको आम समस्या बनेको छ ।

वीरगंजका व्यापारीहरु हाम्रो बारेमा नेता र पत्रकार कोही बोलिदिने छैनन् भनी गुनासो गर्दछन् । अखिर रक्सौलमा गरेको खरिद गरेको नेपाली पैसा पुनः वीरगंज नआई त्यो कहाँ जान्छ ? भारतीय मुद्रा जति नेपाली मुद्रा त्यति प्रतिष्ठित छैन कि दुबई, थाइल्याण्ड र सिंगापुरमा चलोस् । नेपाली नागरिकहरु रक्सौलमा नेपाली पैसा नै दिएर सामान खरिद गरेका हुन्छन् । पुनः त्यो पैसा त्यहाँका व्यापारीहरुले वीरगंज पठाउंदा सिमामा समातेर हुण्डीको रकम भनी प्रचारबाजी गरेर कमिशन खाने गरेको छ ।

व्यापारीहरुको यो समस्याको सन्दर्भमा नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनाल वीरगंज आउंदा वीरगंज उद्योग वाणिज्य संघले यो कुरा उठाओस भनेर यहाँका व्यापारीहरुले आस गरेका थिए । तर वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीहरु आइजिपी खनालको सलामी र गुलामीमा व्यस्त भई आम व्यापारीहरुलाई पर्न गएको दुःख पीडाको बारेमा कुनै चर्चा नगरेको देख्दा यो संगठन व्यापारीको हकहित भन्दा पनि कुनै अमुक स्वार्थपुर्तिको लागि त खोलिएको छैन भनी शंका उत्पन्न भएको छ । साभार ankushdaily.com