×

 

वीरगन्ज १ माघ । वीरगञ्जमा दिनप्रति दिन खुल्दै गरेका नीजि अस्पतालहरुले जतिसुकै उत्कृष्ट सेवा दिन्छु भनेर नारा लगाएपनि उनीहरुको मुलभुत उद्देश्य जसरी हुन्छ सर्वसाधारणलाई ठगी गर्ने र मनग्य कमाउने योजनामा नै केन्द्रित रहेको तथ्य सार्वजनिक भएको छ ।

थोक पसलहरुमा डाक्टरहरुले प्रयोग गर्ने पन्जा २५ रुपैयाँको पन्जा ५० रुपैयाँ, ६ रुपैयाँमा पाइने गजपिस २० रुपैयाँ, १७ रुपैयाँमा पाइने सेनेटरी प्याड ४५ रुपैयाँमा विक्री गर्ने गरेको तथ्यांकले अब भने औषधी पसलहरुले गर्ने गरेको बद्मासीलाई नियमन निकायले अविलम्ब सिकञ्जा कस्नुपर्ने बेला आएको छ ।

वीरगञ्ज विर्तास्थित वडा नं. ४ मा रहेको सूर्या अस्पतालले मापदण्ड विपरित घनावस्तीमा अस्पताल खोल्नु, पार्किङको व्यवस्था नहुनु, अस्पताल खोल्नका निम्ती अपनाउनुपर्ने न्यूनत्तम मापदण्ड नअपनाउनु र मापदण्ड विपरित श्रेणी विस्तार गर्नुले विभिन्न खालका आशंका पैदा हुनुका साथै सेवाग्राहीहरुले समेत ठगीको मारमा पर्नुपरेको कुरा नकार्न सकिन्न । सामान्य शल्यक्रियामा प्रयोग गरिने सामाग्री झन कति महँगोमा विक्री वितरण हुन्छ, माथिको तथ्यांकले स्वतः अनुमान लगाउन सकिन्छ ।

हामीलाई प्राप्त तथ्यांक अनुसार थोक पसलबाट खरिद गरिएको पन्जा, गजपिस, सेनेटरी प्याडको मूल्य शत प्रतिशत भन्दा पनि बढी लिएर विक्री वितरण गर्नु एक प्रकारको सामाजिक अपराध र कालो बजारी जस्तै भएकोले अस्पतालको नाममा ठगी गर्ने सूर्या जस्ता नीजि मानसिक यातनालयलाई नियन्त्रण गर्न र सुधारको बाटो पहिल्याउन सरोकारावालाहरु लाग्नुपर्ने देखिएको छ । साभार aawajnews.com

Back to top