×

 

बीरगंज १ माघ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले श्री चण्डी प्रसाद गणका नव आगान्तुक गणपति प्रमुख (कर्नेल) मदन जंग राणाको स्वागत तथा बिशेष भेटघाट गरेको छ ।

सरोकार मंच नेपालका नारायणी संयोजक नन्दकिशोर गोयलले फुलको गुच्छा दिएर स्वागत गर्नु भएको थियो I

स्वागत गर्दै गोयलले बिशेष भेटघाटको क्रममा नव आगान्तुक गणपति राणाको केही बिशेष कुराहरुमा ध्यानाकर्षण गराउनु भएको प्रेस संयोजक प्रणय कुमारले बताउनु भयो ।

स्वागतका लागि पुगेका मंचका उपाध्यक्ष कमल घिमिरे, सचिव मकबुल मियाँ बरही, नगर अध्यक्ष उपेन्द्र बरै, प्रेस संयोजक प्रणय कुमारले नव आगान्तुक गणपति राणालाई बिभिन्न कुराहरुमा ध्यानाकर्षण गराएका थिए ।

त्यसैगरी पूर्व डिआईजी रमेश प्रसाद खरेल संग पनि सरोकार मंचले बिशेष भेटघाट गरेको छ । बिशेष भेटघाटको क्रममा देशको समस्मायिक बिषयमा खरेल संग बिशेष छलफल गरिएको बताईएको छ ।

Back to top