×

वीरगंज, माघ १ - परोपकारी युवाहरुको संस्था लायन्स क्लब वीरगंज वाल्किङ टीम एनएलएफले गरीब तथा असहाय व्यक्तिहरूलाई कम्बल तथा जुत्ता वितरण गरेका छन्

बढ्दै गरेको चिंसोलाई मध्यनजर गर्दै वीरगंजमा एक कार्यक्रम विच क्लबले १ सय जोडा जुत्ता र ५० थान कम्बल वितरण गरेको हो ।

गोल्डस्टार फुटवेयरले उपलब्ध गराएको जुत्ता वितरण गरिएको क्लबका अध्यक्ष राहुल रौनियारले जानकारी दिए ।

कार्यक्रममा लायन्स क्लबका जिल्ला क्याबिनेट सल्लाहकार आकाश सर्राफ, जोन चेयरम्यान अवदेश सरावगी लगायतको उपस्थिति रहेको थियो ।

Back to top