×

 

वीरगन्ज २९ पुस । जिल्ला प्रहरी कार्यलय पर्साबाट खटिएको प्रहरीटोलीले बिशेष सुचनाको आधारमा अबैध हुण्डीको रकम सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई भारतको रक्सौलबाट अबैध तरिकाले नेपाली रुपैया बीरगंजतर्फ आईरहेको सुचना आएपछि सोही सुचनाको आधारमा ईनर्वा प्रहरी चोकपोष्टका प्रहरीले भारतको रक्सौलबाट भारतीय नम्बरको बीआर ०५ भी ३४४४ स्पलण्डर मोटरसाईकलमा सवार भई बीरगंज महानगरपालिका रजत जयन्ती चौकमा खटिएको प्रहरीले उतm मोटरसाईलक चेकजांच गर्दा अबैध हुण्डीको रकम नेपाली तीन लाख सहित भारतीय नागरिकलाई प्रकाउ गरीएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभएको हो ।

प्रकाउ पर्नेमा भारत बिहार जिल्ला मोतीहारी पुर्वी चम्पारण रक्सौल बस्ने जविउल्लाह आलम रहेका छन प्रकाउ परेका आलमलाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर पर्सा जिल्लामा आगमान भएपछि हुण्डीका कारोवाीहरुलाई धमाधाम प्रकाउ गरेपछि हुण्डीको कारोवारीहरुमा खैलाबैला मच्चेको छ ।

Back to top