×

वीरगंज, पुष२८ - नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का सचिव तबरेज आलमले ३२ औं जन्मदिन मानवसेवा आश्रममा मनाएका छन् ।

होटल व्यवसायी संघ पर्साका महासचिव समेत रहेका आलमले ३२ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रम वीरगंजमा आश्रितहरु सँग जन्मदिनको शुभकामना आदान प्रदान गर्नु भएको छ । जन्म दिनकाे अवसरमा आलमले आश्रममा आश्रितहरुको लागि बिस्कुट, चाउचाउ, दाल, तेल लगायतका खाद्यान्न सामग्रीहरु समेत आश्रमलाई हस्तान्तरण गर्नु भएको छ ।

सो अवसरमा पर्यटन वर्ष २०२० समन्वय समिति पर्साका संयोजक बिनोन चौधरी, होटल व्यवसायी संघ पर्साका सहसचिव गुञ्जन पटेल, कलैया सिटी जेसिज वर्ष २०१९ का अध्यक्ष राजेश कुशवाहा, बिकास गुप्ता, सञ्चारकर्मी श्रवण प्रसाद साह, अजय चौरसिया, आसु सर्राफ, दिपेन्द्र गिरी, मुन्ना कुमार लगायतको सहभागीता रहेको थियो ।

Back to top