×

 

वीरगन्ज २९ पुस । झुठो बिवरण पेश गरी नेपाली नागरिता लिएका एक भारतीय नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रकीया अगाडी बढाएको छ ।

भारत बिहार मोतीहारी बस्ने कुष्ण गंँरले जन्मको आधारमा बीरगंज महानगरपालिका वडा नं १ छपकैयाबाट नेपाली नागरिता लिएका हुन भारतीय पहिचान पत्रमा कुष्ण गँरले आफनो बुवाको नाम बेष प्रसाद अग्रवाल उल्लेख गरेका छन भने २०६३ साल चैत्र ८ गते झुठो बिवरण पेश गरी नेपाली नागरितामा गँरले आफनो बुवाको नाम श्री बेष प्रसाद अग्रवाल उल्लेख गरेका छन ।

नेपाली नागरिता हासिल गरेपछि भारतीय नागरिक कुष्ण गँरले बीरगंजमा ब्यापार गर्दे आएको र वडा प्रहरी कार्यलय बिर्ताको पुर्वपटीको दश तल्ले भवनमा बस्दै आएका थिए ।

कुष्ण गँर भारतीय नागरिक रहेको प्रमाण सहित जिल्ला प्रहरी कार्यलय पर्सामा उजुरी परेपछि सोही उजुरीको आधारमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले कुष्ण गँरलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढ्को बताउनु भएको हो ।

दोहोरो नागरिता सम्बन्धी जिल्ला प्रहरी कार्यलय पर्सामा उजुरी परेको अब छिटै नै त्यस्ता ब्यतिmलाई प्रकाउ गरी कारवाही गर्ने एसपी राठौरले बताउनु भएको छ ।

Back to top