वीरगन्जमा माघ १ गते प्रभातफेरि सहित थारु समुदायले माघी ( खिचडि ) धुमधामका साथ मनाउने

102


 

वीरगन्ज २९ पुस । थारु समुदायको नया बर्ष थारु सम्बत २६४४ औं तथा (खिचडि ) माघि पर्व विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । माघी मुल समारोह समिती पर्साको आयोजनामा सोमबार नेपाल पत्रकार महासघ पर्साको सभाहलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।


माघी मुल समारोह समिति पर्साका संयोजक बिजया औझैयाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा यहि माघ १ गते बुधबारका दिन बिहान ११:०० बजे प्रभातफेरि घन्टाघर देखि थारु सास्कुतिक झलक सहित स्मिमिङ्गपुल पुगि १२:३० बजेदेखि थारु सास्कुती झलक घाटो , सामाचकेवा , झम्टा , थारु नाच त्यसै गरि थारु बिशेष परिकारहरु जस्तै-घोङ्गी , कैकरा, माछा , परेवा , हास , कुखुरा , चिचर , लाई , तिल आदि रहने , थरुहट मधेस आन्दोलनमा घाइते तथा आम समुदायका जिवन रक्षा गर्ने उदेश्यले रक्तदान कार्यक्रम गर्ने र यस कार्यक्रम सफल बनाउन र उपस्थित हुन समेत आग्रह गरेका थिए ।

माघ १ गते आदिवासी थारु समुदायको माघी ( खिचडी) पर्व र थारु समुदायको नया बर्ष सुरु भएको दिन भएकोले यस दिन सुभ कामना आदान प्रदान , भाया तथा सस्कुतिको झलकका साथै माघी महोत्सव सभ्य र भब्य धुमधाम सङ मनाउने तथा राष्ट्रका आदिवासी थारू समुदायको राजनैतिक , सास्कुर्तिक , भाषिक , आर्थिक समानता , सामाजिक ऎक्यवद्दता, राज्यको हरेक निकायमा समानुपातिक समावेशी प्रतिनिधित्व सहितको हक अधिकार बारे सो कार्यक्रमको उदेश्य रहेको आयोजक कमिटिको रहेको छ ।

समापन कार्यक्रम दिउसो ४:३० बजे सम्म रहेको र यस कार्यक्रमलाई ११ आयोजक सस्थाहरुले सहयोग गरेको छ ।थारु कल्याणकारी सभा पर्सा , आदेश थारु छात्रावास पर्सा , थारु नागरिक समाज ( बारा, पर्सा , रौतहट ), मेल मिलाप थारू परिवार पर्सा , थारु पत्रकार सघ पर्सा ,थारु शिक्षक समिति पर्सा , ग्रामीण बासिन्दाको बिकासमा सहभागी सस्था पर्सा , थारु बिकास समाजीक सस्था पर्सा , प्रकाश थारु फाउन्डेसन , थारु विद्यार्थी समाज र थारु नगवा टोला रहका छन ।