जीएचपी स्कुल संग आफनो पारिश्रमिक माग्दा उल्टै शिक्षकलाई धम्की , पर्सा प्रहरीमा उजुरी

2790


 

वीरगन्ज २९ पुस । बीरगंजमहानगरपालिकामा रहेको जिएचपि स्कुलले शिक्षकको पारिश्रमिक नदिएको खुलाशा भएको छ ।


जीएचपी स्कुल संग आफनो पारिश्रमिक माग्दा उल्टै एक शिक्षकलाई प्रशासन शाखाले धम्की दिएको सोही स्कुलमा शिक्षक रहेका ती ब्यतिmले बताएका छन ।

पटक पटक पारिश्रमिक माग्दा स्कुलको प्रशासनबाट गालीगलौज पाएको शिक्षक रबि यादवले बताउनु भएको छ ।

पर्सा जिल्ला बिन्दावासनी गाउंपालिका घर भई २०७६ साल असोज महिना देखी म्याथ बिषयमा पढाउदै आएका यादवलाई जीएचपी स्कुलका प्रशासनले प्रत्येक महिना रु १५ हजार महिना दिने मौखीक सहमती भएको थियो ।

स्कुलमा एक महिना पढाएपछि महिना तलब रु १५ हजार नगदहाथमा दिएको जिएचपी स्कुलका पुर्व म्याथ शिक्षक यादवले दाबी गरेका छन ।

स्कुल प्रशासनले शिक्षक यादवलाई होस्टल हेर्न अनि म्याथ बिषय हेर्न जिम्मा दिएपनि आफु होस्टल हेर्न नभ्याउने स्कुलका प्रशासनलाई जनाएपनि स्कुलका प्रशासनले आफुलाई गालीग्लोज समेत गरेको रबि यादवको भनाई रहेको छ ।

तीन महिना सम्म सो स्कुलमा पढाउँदा एक महिनाको तलब पाएको अन्य आफनो पारिश्रमिक तलब माग्दा गाली ग्लोज र धम्की समेत दिएको जिएचपी स्कुलका पुर्व शिक्षक रबि यादवले भने, म संग दुब्र्यवहार गरेपछि सो स्कुलमा पढाउन छाडेको उनले जनाएका छन ।

स्कुलमा पटक पटक आफनो तलब माग्दा कुनै सुनवाई नभएपछि न्याय पाउनका लागी जिल्ला प्रहरी कार्यलय पर्सामा उजुरी दिएको यादवले बताएा आफनो पारिश्रमिक माग्न मेरो अधिकार रहेको हुनाले जिल्लाको ठाडो उजुरी शाखामा निवेदन दिएको हो ।

यता पर्सा प्रहरीले जिएचपी स्कुलका प्रशासनलाई फोन गरी तपाईले शिक्षकको पारिश्रमिक निक नदिनु भएको सोध्दा आफु सम्पुर्ण पारिश्रमिक दिएको मात्र रु १८ सय रुपैया दिने बाकी रहेको बताएको हो ।

जिल्ला प्रहरी कार्यलय पर्साले वडा प्रह्री कार्यलय श्रीपुरको लाई पत्र काटदै जीएचपी स्कुल र शिक्षक यादवलाई उपस्थिती गराउन निर्देशन दिएको हो । यस सम्बन्धमा जिएचपी स्कुलका प्रशासन संग बुझन खोज्दा फोन उठाएन ।