×

माघ ९ गते देखि १३ गते सम्म वीरगंजमा प्रदेश २ स्तरीय ‘क्यान इन्फोटेक’ हुदैछ । नेपालमा क्यान इन्फोटेक धेरैको आकर्षनको केन्द्र समेत हो । क्यान इन्फोटेकको विषयमा आधारित रहेर क्यान महासंघ पर्साका अध्यक्ष दीपक साह सँग गरिएको कुराकानीको सम्पादित अंशः

वीरगंजको इन्फोटेक कस्तो रहनेछ?

यस वर्ष तयारी राम्रो गरिरहेका छौं । गतवर्षभन्दा बढी कम्पनी, स्टल र अवलोकनकर्ताहरू आउने निश्चित छ । हामीले विभिन्न नयाँ प्रविधिहरू प्रदर्शनी गर्ने तयारी गरिरहेका छौं ।

अहिलेका इमर्जिङ प्रविधिहरू देखाउने प्रयास हुनेछ । एआई, आइओटी, रोबोटिक्सलगायतका प्रविधिहरू ल्याउने छौं । यसैगरी विभिन्न प्रतिस्पर्धा र कलेजका विद्यार्थीहरूका प्रोजेक्टहरूलाई पनि स्थान दिनेछौं । कार्यक्रममा महत्वपूर्ण विषयमा सेमिनार पनि आयोजना गर्नेछौं ।

प्रदर्शनीमा कति स्टल रहनेछन् र कार्यक्रममा अवलोकनकर्ताको आकर्षण कस्तो रहला?

क्यान इन्फोटेक वीरगंजमा ६० बढी स्टलहरू रहनेछन् । कलेज तथा स्टार्टअपहरूका लागि पनि स्टलहरू दिइरहेका छौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका स्टलहरू रहनेछन् ।

भारतका केही कम्पनीहरू पनि कार्यक्रममा आइरहेका छन् । हार्डवेयर प्रडक्टसँगै सफ्टवेयर, एजुकेशन, पेमेन्ट सोलुसन्स, अनलाइन सर्भिसेस लगायतका प्रदर्शनी स्टलहरू बढी हुनेछन् । कम्पनी, सहभागिता र अवलोकनकर्ताको हिसाबले पनि यस वर्ष राम्रो रहने अपेक्षा छ ।

इन्फोटेक बाहेक क्यान पर्साले अरु के के गरिरहेको छ?

वर्षमा एक पटक इन्फोटेक गरे पनि अन्य समयमा हामीले विभिन्न गतिविधिहरू गरिरहेका छौं । यस वर्ष ३० भन्दा बढी कार्यक्रमहरू गर्ने तयारी गरेका छौं । विभिन्न सेमिनार, कन्फ्रेन्स, तालिम, वर्कशप जस्ता कार्यक्रमहरू गर्ने सोचमा छौं । इन्फोटेक लगत्तै अन्य कार्यक्रमहरू सुरुवात गर्नेछौं ।

Back to top