×

 

वीरगंज २८ पुस । उपभोक्ताको रूचि र सुझावलाई कम्पनीसम्म पुर्‍याउन नारायणी सिमेन्ट उद्योग प्रालिका सञ्चालकहरूले आफ्ना बिक्रेतालाई आग्रह गरेका छन् ।

बाराको चैनपुरस्थित उक्त उद्योगले वीरगंजमा डिलर मिट कार्यक्रम आयोजना गर्दै यस्तो आग्रह गरेका हुन् । होटल लर्ड दियालो प्लाजामा आयोजित भेटघाटमा बारा-पर्साका करिब दुई सय डिलरहरूलाई प्रशंसापत्र तथा उपहारका साथ सम्मानित गर्दै सञ्चालकहरूले निरन्तर बजारको अनुभव साट्न आग्रह गरे ।

दशकदेखि त्रिशक्ति ब्रान्डका विभिन्न सिमेन्ट उत्पादन गर्दै आएको नारायणीको गुणस्तरीयतालाई अगामी दिनमा पनि कायम राख्दै देश विकासमा योगदान पुर्यावउने व्यवस्थापन पक्षले बताएको छ । कम्पनीका प्रबन्ध सञ्चालक सतीश चाचानले त्रिशक्ति सिमेन्ट एकपटक प्रयोग गरिसकेका उपभोक्ताले जहिले पनि त्रिशक्ति ब्रान्ड नै खोज्ने गरेको सुन्दा खुसी लाग्ने बताए । कम्पनीका महाप्रबन्धक उमेशचन्द्र ठाकुरले कम्पनीको गुडविल र डिलर र मिस्त्रीको सुझावलाई पनि मध्यनजर गर्दै कम्पनीले आफनो बजारलाई आजको दिनभन्दा वृद्धि गर्दै जाने आश्वासन दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा रेडियो वीरगंजका प्रबन्ध निर्देशक ध्रुव साहले बजारको प्रतिस्पर्धाको पछि नलागी गुणस्तरीयताको पछाडि दौडिन बिक्रेताहरुलाई आग्रह गरे । उनले सिमेन्टको कारोबार बढाउन व्यवस्थापन पक्ष, डिलर र मिस्त्रीको सहकार्यमा गलत कुराको पर्दाफास र सही चिज बजारमा बिक्री भइरहेको प्रचारप्रसार गरि उपभोक्तालाई सुसूचीत गरि विकास निर्माणमा पनि सहयोग गर्नुपर्ने बताए । उनले अन्य सिमेन्टको प्रतिस्पर्धामा त्रिशक्तिलाई पनि सही रुपमा उभ्याउनुपर्ने बताए । 'सिमेन्टको बजारको प्रतस्पर्धालाई सूक्ष्म तवरले अध्ययन गरि त्रिशक्ति सिमेन्टको बजार अझै बढाउँदै लैजानु पर्छ,' उनले भने ।

कार्यक्रमका सभापति तथा नारायणी सिमेन्टका प्रबन्ध निर्देशक बाबुलाल चाचानले डिलर, मिस्त्री र उपभोक्ताको मायाले एउटा प्लान्टबाट तीनवटा प्लान्ट सञ्चालनमा आएकोमा खुसी साटासाट गरे । 'बजारमा गुणस्तरहीन सिमेन्ट पनि बिक्री भइरहेकाले विभिन्न कम्पनीको उपहार स्कीमभन्दा सही गुणस्तर भएको सिमेन्ट उपयोग गर्न उपभोक्तालाई सुझाव दिन आग्रह छ,' उनले भने । बिक्रेताहरुबाट आएका प्रतिक्रियालाई कम्पनीले मनन गर्ने उनले बताए ।

कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सतीश चाचान र जय बागेश्वरी सिमेन्ट प्रालि नेपालगंजका प्रबन्ध सञ्चालक निशान्त चाचानले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । हाल नारायणी सिमेन्टले दुई प्लान्टसहित पीपीसी, ओपीसी र पीएससी क्वालिटीमा दैनिक २१ हजार बोरा उत्पादन गर्दै आएको छ भने जय बागेश्वरीले दैनिक एक हजार बोरा उत्पादन गर्दै आएको जनाएको छ । कार्यक्रममा डिलरहरू बीच आयोजित हाजिरीजवाफ प्रतियोगितामा समसामयिक प्रश्नको सही जवाफ दिने २० जनालाई उपहार दिइएको थियो ।

Back to top