×

वीरगंज, पुष १६ - अन्तराष्ट्रिय नयाँ वर्षको सुरुवात संगै नेपाल सरकारले नेपाल पर्यटन वर्ष २०२० को पनि आजबाट सुरुवात गरेको छ । पर्यटन वर्षमा प्रदेश २ मा समेत ठुलो संख्यामा पर्यटक भित्र्याउने उद्द्येश्यका साथ् प्रदेश २ मा समेत यस पटक पर्यटन वर्षको चहलपहल र कार्यक्रमहरु तिब्रताका साथ् आयोजना हुनथालेका छन् ।

भ्रमण वर्षलाई सुरुवात गर्न पर्सा जिल्लाको वीरगंजमा समेत आज विभिन्न कार्यक्रम गरिएको छ । नेपाल पर्यटन वर्ष २०२० जिल्ला समन्वय समिति पर्साले आज विभिन्न ३ कार्यक्रम गरी पर्यटन वर्षको उद्घाटन गरेको छ भने मधेसका २२ वटै जिल्लामा पर्यटन प्रवर्द्धन र विकासका लागि विगत २ वर्ष देखि काम गर्दै आएको भिजिट मधेस नेपालले समेत विभिन्न कार्यक्रमहरु गरेको छ ।

भ्रमण बर्ष २०२० सफलताकाे लागि भिजिट मधेस नेपालले आज वीरगंजमा आज प्रभातफेरी निकालेकाे छ । भिजिट मधेस नेपाल र होटेल, पर्यटन ब्यवसायी संघ वीरगंजको संयुक्त आयोजनामा आज घण्टाघर देखि प्रभातफेरी निकालिएको हो ।

घण्टाघरबाट निकालिएको प्रभातफेेरी नगर परिक्रममा गर्दै राेयल पार्टी प्यालेसमा पुगी सभामा परिणत भएकाे थियाे । सभामा वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगी, पर्साका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, भिजिट मधेशका राष्ट्रिय संयाेजक ओमप्रकाश सरार्फ लगायतकाले मन्तव्य राख्दै भ्रमण बर्षलाई सफल बनाउन सबैमा आग्रह गरेका थिए ।

भिजिट नेपालको लाभ तराई मधेस र पर्सा जिल्लामा पनि होस् भिजिट मधेशका संयाेजक सरार्फकाे भनाई थियाे । कार्यक्रममा नेपाल आर्मी, विभिन्न संघ-संस्थाको प्रतिनिधि, नर्सिङग क्यामपसका विद्यार्थी लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

Back to top