×

 

वीरगंज १४ पुस । पर्सा जिल्लाको सिमावर्ती नाकाहरुबाट अहिले व्यापक रुपमा तस्करी भईरहेको पाईएको छ । वीरगंज महानगरपालिका वडा नं १६ मा पर्ने प्रहरी चौकी ईनर्वा गाउ, प्रहरी चौकी भकुवा, प्रहरी चौकी छपकैयाको नाका प्रयोग गरी तस्करहरुले व्यापक मात्रामा तस्करीका अवैध माल समान ओसार पोसार गरिरहेका छन र सो तस्करहरुबाट आर्थिक लेनदेन भने जिल्ला प्रहरी कार्यालय पर्सामा भईरहेको खबर प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साखटने टाईगर टोलीले तस्करहरु संग प्रहरी चौकीमै महिना असुलने गरेका छन । तस्करहरुले वीरगंज भन्सार, ईनर्वा गाउ, छपकैया, भकुवा लगायतका नाका बाट दिनहु भारतबाट सर्टिड्ड सुर्टिड्डका कपडा, हार्डवेयरका पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, भारतिय चामल साईकल, मोटरसाईकल, अटो—रिक्सा, टाड्डा मार्फत अवैध रुपमा सिमामा खटेका प्रहरीहरुको मिलेमतोमा नेपाल तर्फ भित्रियाईरहेका छन भने, नेपालबाट सोही नाका हुदै मरिच, केराउ व्यापक मात्रामा भारत तर्फ तस्करी गरिरहेका छन ।

एक दर्जन भन्दा बढि संख्यामा रहेका अवैध माल समान ओसार पोसार गर्ने तस्करहरु वीरगंज महानगरको नगवा, ईर्नवा गाउ, भकुवा, छपकैया नाकाबाट हुने तस्करीको महिनावारी जिल्ला प्रहरी कार्यालय पर्साबाट टाईगर टोलीमा खटनेहरुलाई बुझाउने गरेको एक जना तस्करले बताए ।

तस्करहरुले जिल्ला प्रहरी, क्राईम शाखा, प्रदेश प्रहरीको भाग पनि टाईगर टोलीलेनै बुझाउने गरेको श्रोतको दावी छ । यता विर्ता वडा प्रहरी कार्यालयबाट टाईगर टोलीमा खटने प्रहरीले प्रदेश प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीको नाममा पनि तस्करहरु संग महिनावारी असुल्ने गरेको एक जना तस्करले नाम नछापने सर्तमा बताए ।

Back to top