×

 

बिरगंज १३ पुस । बिरगंज हेल्थ केयर हस्पिटलमा फेरी अर्को ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

न्यूरो सर्जन डा. फिरोज अफजलको टीम ले ४३ बर्षिय हरिहरपुर गढी, सिन्धुली निवासी कविता मगरको ब्रेन भित्र ट्युमर रहेको र वहाको अवस्था निकै जटिल रहेको हाम्रो हस्पिटलमा शल्यक्रिया गरि नया जीवन पाउनु भएकोमा बिरामीका आफन्त हरु साह्रै खुशी छन् ।

डा. फिरोज अफजल टिम ले यस भन्दा अगाडी पनि जिराभवानी गाउपालिका निवासी इन्दु देवीको पनि सफल शल्यक्रिया गरेकोथियो । बीरगंज हेल्थ केयर अस्पताल ले सर्वसाधारणको लागी विभिन्न सेवा सहित बाहिर नजानु पर्ने अवस्था तथा सस्तो शुल्कमा उपचार समेतको अवस्था सृजना गरेको छ।

“हामीले त आशा नै छोडिसकेको थियौ तर बीरगंज हेल्थ केयर अस्पतालले गरेको काम सराहनीय तथा हाम्रो लागि यो अस्पतालले गरेको आगामी दिन हरुमा मै यस प्रदेश कै प्रख्यात अस्पतालको रुपमा चिनिने छ” भन्दै कविता मगरका आफन्त आफ्नो खुसियाली साट्दै भन्नु भयो।

Back to top