वीरगन्जका मरिच र सुपारी तस्कर तिन खण्डेलवालको खल्तीमा राजस्व अनुसन्धान कार्यालयका पथलैया

2036

 

वीरगन्ज ११ पुस । वीरगन्जका नामुद सुपारी तथा मरिच तस्कर पशुपति खण्डेलवाल, राजेश खण्डेलवाल तथा सचिन खण्डेलवाल करोडौं राजस्व चुहावट गरिरहेको समाचार प्रप्त भएको छ ।


वीरगन्ज महानगरपालिका १० आदर्शनगर निवासी तिनैजना खण्डेलवाल दाजुभाई हुन् । तिनै जनाको नाममा संचालित ग्लोबल ट्रेड एग्जिम प्रा.लि, ब्राइट फर्चुन प्रा.लि, आर.एस.पी. ट्रेडिङ्ग प्रा.लि, आदित्य इन्टरनेशनल प्रा.लि, राजेश मेडिट्रेड प्रा.लि. तथा विमक्रिस इन्टरनेशनल प्रा.लि. फर्म वीरगन्जमा संचालनमा रहेको छ । यि ६ वटा फर्म उदाहारणका पात्र मात्रै हुन, यि तिनैजना दाजुभाईको नाममा यस्ता दर्जनौं फर्महरु संचालनमा रहेको छ ।

फर्महरुको नाममा वैध तथा अवैध कारोबार गर्नुको साथै सुपारी तथा मरिचको तस्करी गर्दै आएका खण्डेलवाल दाजुभाईहरु नेपालको राजस्व चुहावट गर्ने काममा सघाएको राजस्व अनुसन्धान कार्यालयका पथलैया केही कर्मचारीहरुको मिलोमतो रहेको श्रोतले जनाएको छ ।

दर्जनौं फर्म संचालन गर्दै आएका खण्डेलवाल दाजुभाईले अवैध कारोबार गरि नेपाल सरकारको राजस्व छलि गरेको भन्दै छानविनका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा लिखित उजुरी पर्दा समेत पनि राजस्व अनुसन्धान कार्यालय पथलैयाले छानविन प्रक्रियालाई अगाडि बढाएको छैन ।

खण्डेलवाल कमाईको रकमबाट राजस्व अनुसन्धान कार्यालय पथलैयाका केही कर्मचारीहरुलाई पालेको भन्दै आफु विरुद्ध परेको उजुरीको फाइललाई कार्यालयमै थन्काउन लगाएका छु भन्दै यती बेला खण्डेलवाल हिडेका छन ।

यसरी नेपाल सरकारले राजस्व चुहावट गर्नेहरुलाई धमाधम पक्राउ गरि कानुनी दायरामा ल्याई रहेको अवस्थामा तिनैजना दाजुभाई पैसाको दम्भमा उम्किन सफल भएका छन् । खण्डेलवालले राजस्व छलि गरि रहेको भन्दै ४ महिना अघि नै राजस्व अनुसन्धान कार्यालय पथलैयामा लिखित उजुरी परेको छ खण्डेलवालको कमाईको रकमबाट पालिएका केहि कर्मचारी त्यो उजुरी फाइललाई कार्यालयमा थन्काइ राखेका छन ।

तिनै जना दाजुभाई वीरगन्जमा सुपारी तथा मरिच तस्करी गरि कराडौं अकुत सम्पत्ति आर्जन गरेका छन् र ति सम्पत्तिलाई नेपालको विभिन्न भागमा जग्गा घड़ेरीमा लगानी गरेका छन् । नेपालमा थुपार्न नसकेर भारतमा समेत आफ्नों नाम अथवा श्रीमतीको नाममा सम्पत्ति आर्जन गरिरहेका छन् ।