वीरगञ्ज महानगरका केहि वडाअध्यक्ष कम्बल बितरणमा ब्यस्त केहि वडाअध्यक्ष बैंकक,पटाया सैरमा मस्त

467


 

वीरगञ्ज, ११ पुस । अत्यधिक मात्रामा बढीरहेको शितलहरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका केहि वडाअध्यक्ष दलित समुदाय, एकल महिला, असहाय, बृद्धलाई कम्बल बितरण गर्दै छन भने केहि वीरगञ्ज महानगरपालिका वडा अध्यक्ष यती बेला बैंकक र पटाया सैर गर्दै छन ।

यती बेला अत्यधिक मात्रामा बढीरहेको शितलहरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा न. ३ का अध्यक्ष बैजुलाल सर्राफले १ सय थान कम्बल बितरण गरेका छन भने वीरगञ्ज महानगरपालिका वडाअध्यक्ष अरबिन्द गुप्ता, प्रधुम्न सेढाई, रामदरश कुशवाहा, सन्तोष तिवारी र प्रदिप चौरसिया अत्यधिक मात्रामा बढीरहेको शितल छल्न बैंकक र पटाया सैर गरि रहेका छन ।



यती वीरगञ्ज महानगरपालिका क्षेत्रमा अहिले अत्यधिक मात्रामा बढीरहेको शितलहर चलिरहेको बेला वडाका दलित समुदाय, एकल महिला, असहाय, बृद्धहरुलाई कम्बल बितरण नगरेर बैंकक र पटाया सैर गर्ने पैसाले कम्बल बितरण नगरेकोले वडाबासीहरुले दुख ब्यक्त गरेका छन ।

चिसोका कारण आर्थिक अवस्था कमजोर रहेका निम्न आर्थिक स्थितीका परिवारलाई लत्ताकपडा खरिद गर्न नसक्ने अवस्था भएका परिवारलाई अलिकति पनि राहत होस भन्ने उद्देश्यले कम्बल बितरण गरिएको अध्यक्ष सर्राफले बताए ।