पर्सामा बितेको १ वर्षमा ६९ वटा मानवअधिकार हनन तथा अपराधिक घटनाहरु भएको तथ्यांक सार्वजनिक

163


 

वीरगञ्ज १० पुस । पर्सामा बितेको १ वर्षको अवधिमा ६९ वटा मानवअधिकार हनन तथा अपराधिक घटनाहरु भएको तथ्यांक इन्सेक पर्साले सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को बार्षिक पुर्व समिक्षा गोष्ठीमा बलात्कार, बलात्कार प्रयास, हत्या, हत्या प्रयास, परिवारजनबाटद हत्या, अपहरण मानव बेचबिखन लगायतका अपराधिक घटनाहरु ६९ वटा दर्ता भएको इन्सेक पर्साका प्रतिनिधि केसी लामिछानेले जानकारी दिनुभयो ।

इन्सेक ले सार्वजनिक गरेको तथ्यांकमा वि स.२०७५ पौष १८ गतेदेखी २०७६ पौष १० गतेसम्म बलात्कार सँग सम्बन्धित ४४ वटा, परिवाजनबाट हत्या, ७, एसिड प्रहार १, अपहरण १, प्रहरीको गोलि प्रहार १, मानव वेचबिखन ४, बहुविवाह ६, बालविवाह २ बाल यौन दुव्र्यवहार २ लगायतका घटनाहरु भएको प्रतिबेदन लामिछानेले प्रस्तुत गर्नुभएको थियो ।



पर्सामा अँझै पनि ग्रामिण क्षेत्रमा जातिय छुवाछुत तथा बिभेदीकरणका घटनाहरु भएतापनि उजुरी भने नपरेको देखिएको छ । फलस्वरुप छुवाछुत सँग सम्बन्धित घटनाहरुको उजुरी भने शुन्य रहेका छन् । मानव अधिकार निगरानी समाज का अध्यक्ष तवरेज अहमदको सभापतित्वमा भएको समिक्षा गोष्ठीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौरले प्रहरी अपराध नियन्त्रणमा सफल भएको दावि गर्नुभयो । सिमा क्षेत्रसँग जोडिएको जिल्ला भएको कारण सुरक्षा व्यवस्थामा चुनौति भएपनि प्रहरी सक्रीयता बढाएर निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, सामाजिक अभियानता प्रकाश थारु, पत्रकार महासंघ पर्साका सचिब युवारज खडका, प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोठे, भोलुन्टियरका राजन श्रीवास्तव, समग्र उद्योग ट्रेड युनियनकी केन्द्रिय सदस्य गीता भण्डारी, अखिल नेपाल महिला संघ पर्साकी रन्जु सर्राफ लगायतको उपस्थिती रहेको थियो ।