×

 

आशुँ सर्राफ, वीरगन्ज १० पुस । पर्सा प्रहरीले चार ट्याक्टर काठ नियन्त्रणमा लिएको छ । अवैध काठ बोकेको चारवटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । तर डिभिजन वन कार्यालय पर्साले भने प्रहरीले नियन्त्रणमा लिएको काठ वैध भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको अपराध शाखाको टोलीले विशेष सूचनाको आधारमा वीरगंज १८ भवानीपुरबाट काठसहितको ट्याक्टर पक्राउ गरेको थियो ।

सबैयातर्पmबाट वीरगंज २३ प्रसौनीबिर्तातर्पm आइरहेका ना.३त ९१७४, ना.६त ९३६४, ना.६त १६७१ र ना.२त ९६३४ नं.का चारवटा ट्याक्टरमा ५ सय घनफिट काठ लोड गरिएको थियो ।

डिभिजन वन व्यवस्थापनबाट आपूर्ति समितिले काठ बिक्री गरेकोमा टेन्डरबाट वीरगंजका केही समिलहरूले उक्त काठ खरीद गरी ल्याइरहेको अवस्थामा प्रहरीले ज्यादती गरेको व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूले काठको सबै कागजी प्रमाण आपूmहरूसँग भएको र प्रहरीविरुद्धमा अदालतमा मुद्दा हाल्ने पनि चेतावनी दिएका छन् ।

यता, डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख वशिष्ठनारायण कुर्मीले काठ टेन्डर भएको भन्ने कुरा सही हो, तर कति परिमाणमा कुन काठ लोड गरिएको छ, आपूmलाई यकिन नभएको बताए । प्रहरीले टेन्डरको काठमा थप काठ मिसाएर ल्याएको आशङ्का गरेको छ ।

Back to top