×

 

चिरन्जीवी यादव , वीरगन्ज १० पुस । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ को निकुञ्ज क्षेत्रभित्र एक बाघ मृत अवस्थामा फेला परेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत ठोरी गाउँपालिका वडा नम्बर ३ मा पर्ने वेदघारी सामुदायिक वन क्षेत्रको जंगलमा वयस्क बाघ मृत अवस्थामा फेला परेको हो ।

निकुञ्जको जंगलमा बुधबार घाँस दाउरा लिन गएका स्थानीयबासीले जङ्गलमा मृत अवस्थामा रहेको बाघ फेला पारेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए ।

गाउँ भन्दा करिब २ किलोमिटर पर निकुञ्ज क्षेत्रको जंगलमा वयस्क बाघ मृत अवस्थामा स्थानीयहरुले फेला पारेको बस्नेतले बताए । उनले उक्त बाघ बङ्गाल टाइगर प्रजातिको भएको बताउँदै मृत्यु हुनुको कारण अनुसन्धान पछि मात्र खुल्ने बताए ।

चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराबाट पशु चिकित्सक सहितको विज्ञ टोली घटनास्थलमा आउँदै गरेको उनले बताए । विज्ञ टोलीको अनुसन्धानपछि मात्रै मृत्युको कारण खुल्ने चौधरीले बताए । मृत भेटिएको बाघ कुन प्रजातिको हो भन्ने कुरा विज्ञ टोलीको अनुसन्धानपछि मात्रै भन्न सकिने चौधरीले बताए ।

Back to top