×

 

वीरगञ्ज १० पुष । अवैध रुपमा हुण्डी कारोबार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी पुर्बी चम्पारण रक्सौल वडा नं.१० बस्ने बर्ष ४४ का सुशिल कुमार शर्मा र वडा नं.४ बस्ने बर्ष १८ की सरोजनी कुमारी छिन ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चौकमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ ना.२९.प.८५९५ नं.मोटरसाईकल चढी आउदै गरेको अवस्थामा प्रहरीले श्रोत खुलाउन नसकेको नगद रु ४ लाख सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिई निजहरुसंग उक्त पैसा सम्बन्धी सोधपुछ गर्दो उक्त पैसा वीरगञ्ज महानगरपालिका वडा नं १० आदर्शनगरस्थित आकृति कस्मेटिक पसलका सञ्चालक राज कुमार अग्रवाललाई दिन ल्याएको बताएका छन् ।

उनीहरुको बयानका आधारमा प्रहरीले अकृति कस्मेटिक पसलका सञ्चालक अग्रवाललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको पर्साका प्रहरी उपरिक्षक सामेन्द्र सिंह राठौरले जानकारी दिनु भयो ।

Back to top