ओलीको अबको रणनीति, उपेन्द्र यादवको जेल यात्रा ! प्रदेश २ मा पनि नेकपा सरकार

3229


 

वीरगंज, ९ पुस । पार्टीको पदाधिकारी बैठकबाट अप्रत्याशित रुपमा सरकारबाट बाहिरीने निर्णय गरेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बहिरिएसँगै उनि पक्राउ पर्नसक्ने सम्भावना बढेको छ ।


१३ बर्ष अगाडि नै जिल्ला प्रहरी कार्यलय रौतहटमा दर्ता भएको यादव विरुद्धको किटानी जाहेरीको आधारमा यादव पक्राउ पर्नसक्ने सम्भावना उच्च भएको स्रोतले जनाएको छ ।

संविधान संशोधन सम्बन्धि कार्यदल आफ्नै नेतृत्वमा बनाएर सरकार र सत्तारुढ नेकपालाई संविधान संशोधनको लागि बाध्य पार्ने यादवको रणनीति त्यतिबेला फेल भयो जतिबेला उनको उक्त प्रस्ताव मन्त्रीपरिषदमा राख्ने अवसर समेत यादवले पाएनन् ।

स्वास्थ मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका बेला बिना कुनै जानकारी कानुन मन्त्रालयमा पुर्‍याइएका यादव सहभागी भएको पहिलो मन्त्रीपरिषद बैठकमा प्रधानमन्त्रीको हप्की खानुपरेपछि निराश हुँदै मन्त्रीपरिषदको बैठकबाट बाहिरिएका यादवले आज ९मंगलबार० पार्टीको पदाधिकारी बैठकबाट सरकारबाट बाहिरिने अप्रीय र बाध्यकारी निर्णय लिए ।

यसअघि नै सरकारबाट बाहिरिनु पर्ने पक्षमा मत राखिरहेका पार्टीका अधिकांश पदाधिकारीको सुझाव बमोजिम सरकारबाट बाहिरिने मन नहुँदा नहुँदै पनि अप्रीय निर्णय गर्न यादव बाध्य बनेका हुन ।

ओलीको रणनीति सफल

प्रधानमन्त्री ओली अघिल्लो मन्त्रीपरिषद पुनर्गठनमा नै यादवलाई बिना बिभागिय मन्त्री बनाउने योजनामा थिए । तर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको सल्लाहमा यादवलाई कानुन मन्त्रालयमा लगेपनी यादवलाई मन्त्री मान्न प्रधानमन्त्री तयार नै थिएनन् । यस अघिका २ मन्त्रीपरिषद बैठकमा सहभागी नहुँदा समेत प्रधानमन्त्रीले यादवका सम्बन्धमा कुनै चासो नै नराखेको स्रोत बताउँछ ।

राष्ट्रियसभा निर्वाचनका लागि भन्दै राजपासँग २ बुँदे सहमति गरेका प्रधानमन्त्री ओली राजपालाई सरकारमा सहभागी गराउने बिषयमा भने सकारात्मक छन् । सभामुखको निर्वाचन पश्चात् राजपाको सरकारमा सहभागीता बारे छलफल प्रारम्भ हुने स्रोतको दावी छ । सरकारमै रहेर सरकारको आलोचनामा मात्र व्यस्त भएको भन्दै प्रधानमन्त्री समाजवादी सँग लामो समयदेखि रुष्ट थिए ।

कांग्रेस र कम्युनिस्टको विकल्पमा तेस्रो धारको निर्माणमा सकृय रहेका यादवलाई अहिले नै रोक्ने सत्तारूढ नेकपा ९खासगरी प्रधानमन्त्री ओली०को घोषित रणनीति नै हो । यसका लागि २०६३ चैत ७ को गौर घटनाका आरोपित रहेका यादवको पुरानो फाइल खोतल्ने निष्कर्षमा सरकार पुगेको कुरा यसअघि नै बाहिरीसकेको छ ।

ओलीको यो रणनीतिमा राजपा पनि जोडिन आएपछि उनी झनै हौसीएको बताईन्छ । यति समुहसँग जोडेर भ्रष्टाचार सम्बन्धि कुराले आफूलाई प्रहार गरिरहेको कुरालाई डाईभर्ट गर्न पनि प्रधानमन्त्री गौर घटनाको फाइल खोतल्दै घटनाक्रमलाई अन्तै मोड्ने ध्याउन्नमा हुनुले पनि यादवको गिरफ्तारीको कुराले चर्चा पाएको छ ।

अर्कोतिर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई साइजमा राख्न पनि ओली यादवलाई कानुनी कठघरामा उभ्याउने ध्याउन्नमा छन् । यादवको पक्राउले आफुलाई असहयोग गरे उनी पनि सुरक्षीत छैनन् भनेर प्रचण्डलाई थ्रेट दिने उपयुक्त अवसरलाई यत्तिकै खेर जान दिने पक्षमा ओली नहुनुले पनि यादवको पक्राउको सम्भावना निकै नजिक रहेको विश्लेषण गर्न थालिएको छ । यो सँगै निवर्तमान सभामुख सँगै यादव पनि अब डिल्लीबजार पुग्ने चर्चा छ ।

प्रदेश २ सरकारको नेतृत्वमा पनि अब नेकपा

यादवको संघीय सरकारबाट बहिर्गमन सँगै प्रदेश २ को सरकारबाट पनि हात धुनुपर्ने अवस्था आउनसक्ने विश्लेषण गरिदैंछ । प्रदेश २ को सबैभन्दा ठूलो दल बनेर पनि प्रतिपक्षमा बस्न बाध्य बनेको नेकपा राजपासँग मिलेर प्रदेश २ मा सरकार बनाउनको लागि समेत ढोका खुलेको छ ।

प्रदेश २ सरकार आफ्नै नेतृत्वमा ल्याउन सके संघ सहित सातै प्रदेशमा नेकपाको सरकार निर्माण हुने ऐतिहासिक अवसर नेकपा कुनै मूल्यमा गुमाउन चाँहादैन त्यसको लागि पनि सत्तारूढ नेकपा समाजवादीका अध्यक्ष यादवलाई जुनसुकै मुल्यमा पनि जेल पठाउन तयार रहेको विश्लेषण गरिदैंछ ।अनलाइनपाना बाट