×

 

वीरगंज, ८ पुस । वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरुको टोलीलाई थाइल्याण्डको अध्ययन भ्रमणमा पठाउनु भएको छ ।

मेयर सरावगीले आफ्ना विश्वास पात्र र हरेक काममा सहयोग गर्ने वडाअध्यक्षहरुको एक टिमलाई बैंकक र पटाया पठाएर त्यहाँका पूर्वधार, त्यहाँको विकास, रात्री जीवनका सम्बन्धीको व्यवस्थाको अध्ययन अनुसन्धान गर्न नेपाली कांग्रेसका तर्फबाट वीरगंज महानगरपालिकाको कार्यपालिकामा प्रतिनिधित्व गर्ने अरबिन्द गुप्ता, नेकपाका वडा नं. ११ बाट निर्वाचित वडाअध्यक्ष एवं मेयर सरावगीका पूर्व लेखापाल प्रधुम्न सेढाई, धिरेधिरे सबैसंग राम्रो बनाउँदै आएका पुरानो अनुभवी वडाअध्यक्ष रामदरश कुशवाहा, सधै तर मार्न खप्पिस गाउँमा झगडा लगाएर दुनो सोझ्याउने सन्तोष तिवारी र नेशनेल मेडिकल कलेजबाट कर उठाउन नसकेर चिन्तित रहने गरेका कर संयोजक प्रदिप चौरसियाले थाईल्याण्डको भ्रमणबाट आर्जन गरेको शिक्षा र अनुभवबाट अब वीरगंजको विकास हुने कुरामा मेयरको सचिवालय सन्तुष्ट रहेको छ ।

Back to top