×

 

वीरगन्ज ६ पुस । वीरगञ्ज– सवारी ज्यान मुद्दामा सजाय पाएर फरार रहँदै आएका बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरी लाल राउत पक्राउ परेका छन्।

राउतलाई आइतबार बिहान पक्राउ गरिएको बाराका प्रहरी उपरिक्षक विकास राज खनालले जानकारी दिए।

पक्राउ परेका राउतलाई जिल्ला अदालत बाराले २०६३ साल भदौ २९ गते सवारी ज्यान मुद्दामा २९ दिन कैद र दुई हजार रुपैयाँ जरिवाना तोकेको प्रहरी उपरीक्षक खनालले बताए।

पक्राउ परेका राउतलाई अदालतमा पेश गरिएकोमा अदालतको आदेश अनुसार तोकिएको कैद भुक्तानको लागि वीरगञ्ज कारागार पठाइएको प्रहरी उपरिक्षक खनालले जानकारी दिए।

Back to top