×

 

वीरगन्ज ६ पुस । वीरगन्ज महानगरपालिका वडा नं. १२ ब्रम्ह्चोक स्थित रहेको श्री सिद्धि विनायक पुजा सामाग्री उत्पादन उद्योगमा प्रहरीले आज छापामारी गरेको छ ।

पुजा र खानका लागि उत्पादन गरिने शुद्ध घ्यूमा अखाद्य वस्तु मिलाई रहेको भन्ने प्राप्त सूचनाको आधारमा पर्सा प्रहरीले छापामारी गरेको हो । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्वमा गएको टोलीले उद्योगमा छापामारी गरेको हो ।

छापामारीको क्रममा डाल्डा, रंग तथा सुगन्धित केमिकल प्रयोग गरि शुद्ध घ्यू उत्पादन गरि रहेको भेटिएको थियो जुन अखाद्य वस्तु हो ।

शुद्ध घ्यू भनेर प्रचारवाजी गर्दै उत्पादन गरिने श्री सिद्धि विनायक घ्यूमा बिभिन्न ब्रान्डले नेपाल भरी बिक्री बितरण गदै अएको थियो । कारखानामा छापमारी गर्न जादा अखाद्य वस्तु मिलाइएको भेटिएपछि त्यसमा प्रयोग गरिने सामानहरु प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले घ्यू उत्पादन गर्ने भाँडो, कच्चा पदार्थ तथा उत्पादन गरिएका घ्यूलाई प्याक गरि सिल मार्ने मेशिन लगायतका सामानहरु नियन्त्रणमा लिएको हो ।

छापामारीको क्रममा प्रहरीले उद्योगसँग आबद्ध ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उद्योगका संचालक अनिल श्रेष्ठ तथा कामदारहरु रमेश श्रेष्ठ र राम विलास रहेका छन् ।

पक्राउ परेका तिनै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ।

Back to top