×

 

वीरगन्ज ६ पुस । जगदम्बा कंक्रिटो प्रा.लि.२०७५ सालबाट नेपालमै पहिलो पटक बेलायती र जर्मनी प्रबिधिबाट गुणस्तरीय कंक्रिट उत्पादन गरि अहिले नेपाल बजारमा मात्रै नभई अब भारतीय बजारमा पनि सजिलैसंग बिक्री गर्न सफल भएको छ ।

बजारमा समान आकार नहुने, चाड टुटफुट नहुने र कमसल कंक्रिट उत्पादन भईरहेको समयमा,समान आकार,टुटफुट नहुने र गुणस्तर भएको कंक्रिट उत्पादन गरी त्यस्ता उत्पादनलाई बिस्थापित गर्न लक्ष्य अनुसार जगदम्बा कंक्रिटो प्रा.लि. सफल भएको छ ।

हाल कम्पनीले ब्रिक, होलो ब्लक, सोलिड ब्लक लगायत सम्र्पुण प्रकारका पेभसर, कर्भ, ससर ड्रेम र आवशयकता आनुसारका अन्य उत्पालनहरु पर्सा जिल्लामा मात्र नभएर देशका बिभिन्न जिल्लाहरु जस्तै बारा, रौतहट, सिरहा, रुपन्देही, मकवानपुर, कास्की, काठमाडौं, भक्तपुर, ललितपुर, आदिमा पुरयाउन सफल भएको छ । १ वर्षको अबधिमै यस कम्पनीले आफना उत्पादनहरु भारतमा निर्यात सुरु गरेको छ ।

भारतको रक्सौलमा आफनो डिलर स्थापना गर्नुको साथै मोतिहारी,अरेराज र बेतिया आदि ठाउहरुमा सजिलैसंग किन्न सक्ने शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि.का कार्यकारी निर्देशक राजेश अग्रवालले बताएका छन ।

नेपालमै पहिलो पटक बेलायती र जर्मनी प्रबिधिबाट गुणस्तरीय कंक्रिट उत्पादन गरिरहेको जगदम्बा कंक्रिटो प्रा.लि.२०७५ सालमा स्थापना भएको हो ।

Back to top