वीरगन्जमा नियन्त्रणमा लिएको मरिच व्यापारी सुशिल चचानको रहेको प्रहरीको दावी !

115


 

वीरगन्ज ६ पुस । पर्सा प्रहरीले वीरगन्जका व्यापारी सुशिल चचानको मरिच रहेको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज आईसिपि बाट प्रज्ञापन पत्र लिएर नेपाल भित्रयाइएको गण्डकरपावर हाउस हुँदै थप मरिच लोड गर्नको लागी आदर्शनगर ट्रान्सपोर्ट कम्पनी जाने क्रममा ट्रक लाई बाटैबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।


मरिचको परिमाण करिब ३ टन रहेको छ । जनकपुरको एक जना व्यापारीलाई विक्री गरिएको तथा थप मरिच ट्रान्सपोर्टबाट लोड हुने भएकाले बाईपासहुँदै आदर्शनगर जाने क्रममा प्रहरीले नियनत्रणमा लिएको मरिच सुशिल चचान व्यापारीले गुनासो गरेका हुन् ।

प्रहरीले मरिच लोड गरेको ट्रक नियन्त्रणमा लिई चालकलाई रिहा गरेको जनाएको छ । बेवारिसे अवस्थामा ट्रक बरामद भएको थप अनुसन्धानका लागि भन्सार कार्यालयलाई बुझाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अधिकारीहरु सँग बुझ्दा यस विषयमा कुनै जानकारी दिन मानेका छैनन् । मरिच सुशिल चचानको रहेको प्रहरीले दाबी गरेको छ । प्रहरी र व्यापारी दुवै प्रतिक्रिया दिन मानेका छैनन् । पछिल्लो समय वीरगञज लगायतका आसपासका नाकाहरुबाट तस्करी व्यापक रुपमा भईरहेको छ । नेपाल प्रहरीको कडा संयन्त्रका बाबजुद पनि तस्करी निरन्तर हुनु र नियन्त्रण नुहुनुमा प्रहरीको दोष पनि देखिन्छ ।