×

 

वीरगंज ३० मंसिर । ६ सय भन्दा बढी च्यानल पार्टनर्स, १० भन्दा बढी ब्राण्डहरु भएको जगदम्बा सिमेन्टले गुणस्तरीय उत्पादन, उचितमूल्य, सुनिश्चित उपलब्धता, नविन प्रविधि, पछिल्लो पुस्तामा सिमेन्ट प्याकेजिङ्ग तथा उपभोक्ताप्रति उत्तरदायित्व जस्ता विशेषताले गर्दा छोटो समयमा नै नेपालको सर्वा्धिक लोकप्रिय सिमेन्टमा गनिन सफल भएको छ ।

नेपालका सम्पूर्ण जिल्ला भरी फैलिएको सञ्जाल मार्फत उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन तथा सेवाद्धारा लाभान्वित गर्दै आएको यस कम्पनीले नेपालमा पाइने सबै प्रकारको पिपिसि पिएससि, र ओपिसि सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दे आइरहेको छ ।

सिमेन्ट उत्पादन जगतमा आफुलाई नेपाल कै सबैभन्दा लोकप्रिय बनाउन सफल जगदम्बा सिमेन्ट कम्पनिलाई ग्लोबल रियल ईस्टेट कांग्रेसले नेपालको सबैभन्दा बिस्वाशिलो ब्राण्डको अवार्डबाट सम्मानित भएको छ । रियल ईस्टेट कांग्रेसले जगदम्बा सिमेन्ट इण्डस्ट्रिज प्राईभेट लिमिटेडलाई नेपाल्स मोस्ट प्रोमिसिंग ब्राडको उपाधिबाट पुरस्कृत गरेको छ ।

त्यसैगरी जगदम्बा सिमेन्टलाई पोर्ट्ल्याण्ड स्ल्याग (पीएससी) एनएस गुणस्तर अवार्ड २०१९ ले पनि सम्मान गरेको छ । पोर्ट्ल्याण्ड स्ल्याग (पीएससी) एनएस गुणस्तर अवार्ड २०१९ बाट सम्मानित भएपछी जगदम्बा सिमेन्ट लगातार ३ वर्ष देखि यो उपाधिबाट सम्मानित हुने नेपालको एक मात्र सिमेन्ट कम्पनि भएको छ ।

Back to top