×

 

वीरगन्ज २९ मंसिर । पर्सामा नेपाल निर्माण व्यवसायी संघको नेतृत्वसंग असन्तुष्ट निर्माण व्यवसायीहरुको समुहले आइतवार छुटटै साधरण सभा गरेको छ ।

संघका अध्यक्ष रमाकान्त चौरसीय र महासचिव सुरेश पटेलसंग असन्तुष्टहरुको समुहले आइतवार वीरगन्जको पदम पार्टी प्यालेशमा १६ औं साधरणसभा गरेको हो ।

यसअघि अस्ति शुक्रबार वीरगन्जमै संघको १६ औं साधरणसभा तथा ११ औं अधिवेशन आयोजना गरिएको थियो । तर संघका अधिकांश सदस्यहरुले अध्यक्ष चौरसीयाको कार्यशैली प्रति विरोध गरे पछि त्यस दिन साधरणसभाको उद्घाटन सत्र मात्रै गरि अधिवेशन स्थगीत गरिएको थियो ।

संघका अध्यक्ष चौरसीया र महासचिव पटेलले अनियमित किसिमले सदस्यता बाडेको, संघको बजेट दुरुपयोग गरेको लगायतका कारण देखाउदै प्रथम उपाध्यक्ष दिवकार पटेलको अध्यक्षतामा आज फेरि साधरणसभा आयोजना गरिएको हो ।

पटेलले अध्यक्ष चौरसियाले अध्यक्षको कार्यशैली र नेतृत्वबाट असन्तुष्ट बहुमत सदस्यको छुटटै बसेको भेलाको निर्णय अनुसार आफनो अध्यक्षतामा साधरणसभा आयोजना गरिएको बताउनुभयो ।

संघका निवर्तमान अध्यक्ष मोहन यादवले अध्यक्ष चौरसीया र महासचिव पटेल दुइ जनाको मात्रै अगुवाइमा शुक्रबार भएको सधारणसभा अवैधानिक भएको दाबी गर्नुभयो । संघका सल्लाहकार रमेश पाण्डेलले अध्यक्ष अब पनि नसच्चिए अधिवेशन गरेर संघको नयाँ नेतृत्व चयन गर्न बाध्य हुने बताउनुभयो ।साधरणसभामा पर्साका डेढ दर्जन निर्माण व्यवसायीहरुलाइ दोशल्ला ओढाएर सम्मानीत गरिएको थियो ।

संघका प्रथम उपाध्यक्ष दिवकार पटेलको अध्यक्षतामा भएको साधरणसभामा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, राजपाका महामन्त्री सचिव शीव पटेल , सहमहामन्त्री निजामुद्धिन समानी , काँग्रेस पर्सा जिल्ला सचिव श्याम पटेल , नेकपाका नेता बसरुद्धिन अन्सारी , समाजवादी पार्टीका अध्यक्ष राम नरेश प्रसाद यादव , फोटो पत्रकार समुह प्रदेश २ का संयोजक राम सर्राफ , संघका सल्लाहकार सुमित रौनीयार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Back to top