भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरे सडक शिलान्यास

353


 

बारा २९ मंसिर । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सडक शिलान्यास गर्नुभएको छ ।
प्रदेश २ सरकार भौतिक मन्त्रालयबाट त्यसका  लागि बजेट बिनियोजन भएकोमा आज बिधिवत पुजा पाठ गरि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।


बाराको परवानिपुर गाउपालिका वडा नम्बर ३ परवानिपुर बजार त्रिभुवन राजपथदेखि मुसहरी, रामपुर बुनियाद हुँदै प्रसौनी जाने सडकको शिल्यानश भएको हो ।

कार्यक्रममा राजपा सासद एकबाल मिया , परवानिपुर गापा अध्यक्ष हरिनारायण साह, प्रसौनी गापा अध्यक्ष भोलाप्रसाद गुप्ता ,वाडा अध्यक्ष अनिल राम, मिश्री मण्डल, आन्नद गुप्ता सुरेश साह लगायत स्थानीय नेता कार्यकार्ताको सहभागीता थियो ।

परवानिपुर बजार त्रिभुवन राजपथदेखि मुसहरी रामपुर बुनियाद प्रसौनीसम्मको सडक ८.२४ किलोमिटर रहेको लगत १० करोड ५४ लाख रहेको र २०७८–३–१ सम्म सडक निर्माण कार्य सम्पन्न हुने जनाइएको छ ।