रेडियो वीरगंजको १८ औ वार्षिकोत्सवको अवसरमा ऐतिहासिक रक्तदान

156


बीरगंज २८ मंसिर । मध्य तराई कै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको १७ वर्ष पुरा गरी गौरवमय रुपमा १८ औँ बर्षमा प्रवेश गरेको अवसरमा आज १८ औं बार्षिकोत्सव रक्तदान कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।

आज रेडियो वीरगंजले १८ औ वार्षिकोत्सवको अवसरमा परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रेडियो वीरगंजले मध्य तराईमा आयोजना हुने रक्तदान कार्यक्रममा आफ्नो छुट्टै पहिचान बनाएको हुदा पुनः यस पटक पनि रेडियो वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रम ऐतिहासिक रक्तदान हुने रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले बताएका छन अहिलेसम्म चार सय भन्दा बडी जनाले रक्तदान गरिसकेको र अहिले पनि रक्तदान भई रहेको साहले बताएका छन ।