×

 

वीरगन्ज २७ मंसिर । वीरगंजमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनले अकास्मिक रक्तदान र्कायक्रमको आयोजना गरे्को छ । रक्त सञ्चार केन्द्र पर्सामा रगतको अभाव भएकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशनले खुल्ला रगत दान र्कायक्रमको आयोजना गरेको हो ।

एक जना सञ्चारकर्मी सहित ५८ जनाले रगतदान गरेका छन । जस्मध्य ४ जना महिला र ५४ जना पुरुष रहेको जी.पी.कोईराला फाउण्डेशन र्पसाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताए ।

रगत दिने मोहम्मद नौसाद , आकाश चौहान , न्युज २४ टिभिका सञ्चारकर्मी इरफान अली , कृष्णा पटेल ,र्अजुन गुप्ता , एलिशा राए , बिन्दु कुमारी , अनुपम नायब , निरु श्रेष्ठ , मोहम्मद अफताब , बाबुनन्द प्रसाद पटेल ,शेख एजाज , विकास चौहान , शेख शमिर लगायतका व्यतिmले रगतदान गरेका हुन ।

रक्तदान र्कायक्रममा प्रमुख अतिथि नेपाली काग्रेसबाट प्रदेश सांसद ओमप्रकाश र्शमा , विशिष्ठ अतिथि वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी ,नेपाल पत्रकार महासंध प्रदेश नं २ का प्रमुख दिपेन्द्र चौहान , वीरगज महानगर पालिकाकी उपमेयर शान्ति र्काकी, विशिष्ठ अतिथि दिगो महिला विकासकी अध्यक्ष सुषमा द्धवेदी , अतिथि लिभगिं विथ नेचरका संयोजक रोहित र्वणवाल तथा रक्तदान र्कायक्रमका संयोजक जी।पी कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद शहाबुदिन रहेका थिए ।

रगत दान जीवन दान नाराका साथ गिरिजा प्रसाद कोइराला फाउण्डेशन र्पसा ,दिगो महिला विकास र्पसा र लिभिगं विथ इन्भाइरोमेण्टले जी पी कोईराला फाउण्डेशलाई हातेमालो गरेका छन ।

Back to top