समाजवादी पार्टीको साथमा मुलुकलाई समृद्ध बनाउन सबै महिला एकजुट भएर लाग्नु पर्ने बेला आएको छ ः वरिष्ठ उपा्रध्यक्ष पिंकी यादव

115


 

वीरगन्ज २७ मंसिर । जिल्ला समन्वय समिति पर्साको आयोजना गरिएको समाजवादी पार्टी महिला संघ पर्साको पार्टी समायोजन कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी मन्त्री यादवले तराईका महिलहरु क्षमतावान भएर पनि घर भित्रै बसी समय बिताई रहदाँ मधेशको अधिकार संगसंगै विभिन्न उतपिडित र विभेदमा परेका समुदायको अधिकारको लागी लडिरहेको सपा पार्टीमा आबद्ध भई मुलुकलाई समृद्ध बनाउने कार्यमा जुट्न अग्रह गरेकी हुन ।


विभिन्न विभेदमा परेका समुदायसंगसंगै महिलाको अधिकारको लागी सबै भन्दा बढि संघर्ष र कार्य सपाले गरेको दाबी गर्दै उनले महिलालाई राज्यको हरेक निकायमा समान पहँच दिलाई विभेदलाई अन्त्य गर्न कार्यलाई हटाउन कै लागी प्रदेश सरकारले ‘बेटी पढाई बेटी बचाई अभियान’ समेत संचालन गरेको बताईन ।

जिल्ला समन्वय समिति पर्साको सभा हलमा समाजवादी पार्टी महिला संघ प्रदेश नम्बर २ को वरिष्ट उपाध्यक्ष पिंकी यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेतृ यादवले मधेश आन्दोलनकै कारण मुलुकमा संघीय गणतान्त्रिक लोकतन्त्र आएको बताउँदै उनले मधेश, दलित, जनजाती, आदिबासी, महिला जस्ता विभिन्न विभेदमा परेका समुदायले प्राप्त गरेको उपल्बधीलाई संस्थागत गरी बाँकी रहेको अधिकारको लागी संघर्ष गर्न तयार रहने आह्वान गरेकी हुन ।

उनले आधा आकास ढाकेकी महिलाहरु छोराछरी, श्रीमान र घरपरिवारको सबै काम गरेर पनि देशको निर्णयक तहमा पुग्ने क्षमतावान भएकोले ३३ प्रतिशत मात्र होईन, ५० प्रतिशत अधिकार प्राप्तीको लागी संघर्ष गर्नु पर्छ जस्को लागी नेपालकै बैकल्पिक शक्तिको रुपमा समाजवादी पार्टीको निर्माण भएको बताईन् ।

समायोजन कार्यक्रममा संघीय समाजवादी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी मातहत नयाँ शक्ति र संघीय समाजवादी मंहिला संघ पर्साको समायोजन भई महिला नेतृ ईन्दु यादव समाजवादी महिला संघ पर्साको अध्यक्ष भएकी हुन् ।

कार्यक्रममा प्रदेश नम्बर २ को अर्थ राज्य मन्त्री उषा कुमारी यादव, प्रदेश सांसद, करीमा बेग्म, भीमा यादव, जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहम्मद अंसारी, महिला नेतृ मोनिका सिंह लगायत सयौं महिला कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरुलाई नेतृ पिंकी यादवले फूलमाला, दोसला, साल ओढाई सम्मान गर्नुको साथै मायाको चिनो पनि प्रदान गरेकी थिईन ।