×

 

बीरगंज २६ मंसिर । सरकारमा मन्त्री समेत रहेका नेकपामा आवद्ध स्वतन्त्र नेता ह्देश त्रिपाठी मार्फत सरकारसँग सम्झदारी गर्दै सभामुख बन्ने दाउमा रहेका राजपा नेता महन्थ ठाकुरको प्रयास बिफल भएको छ । सत्ताघटक नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रिय जनता पार्टीका एक जना अध्यक्ष समेत रहेका ठाकुरलाई सभामुख नदिने भएको हो ।

ठाकुरलाई सभामुख बनाउन राजपा अध्यक्षहरु अनिल झा, राजकिसोर यादव र हाल सरकारमा मन्त्री रहेका त्रिपाठी प्रयासरत छन् । साथै राजनीतिक रुपमा समेत झा, यादव र त्रिपाठीबीच निकै घनिष्टता बढेको बताइएको छ ।

तर समाचार श्रोतका अनुसार नेकपाले राजपासँग उपसभामुखको उम्मेदर मागेको छ । यसका लागि राजपामा लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, प्रमोद साह लगायतका सांसदहरुको चर्चा चलिरहेको बताइएको छ ।

यता सभामुख चयनका लागि नेकपाले आज अन्तिम निर्णय गर्न जुटेका छन् । संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गते आह्वान भएपछि सत्तारुढ नेकपाले सभामुख चयनका लागि अन्तिम आन्तरिक छलफल थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच सभामुख कसलाई बनाउने भन्नेबारे एक÷दुई दिनमै सघन छलफल हुने भएको छ ।

नेकपा स्रोतका अनुसार सभामुख चयन प्रक्रिया शुरु हुनुअघि नै उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजिनामा गराउने निर्णय भइसकेको छ ।

नेकपा संसदीय दलका नेता सुवास नेम्वाङले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण उपसभामुखलाई राजिनामा गराउन लागिएको पुष्टि गरे ।

Back to top